यसपटक यही शुक्रबारको दिन महाशिवरात्रि परेको छ । महाशिवरात्रिको दिन गरिएको पुजाले महादेव मात्र नभई अन्य देवि देवतालाई समेत खुसी पार्न सकिन्छ । साथै कुण्डलीमा रहेको ग्रह दशा पनि शान्त पार्न सकिन्छ ।

त्यसैले धार्मिक विश्वास हुनेहरुले आ-आफ्नो राशि अनुसार भगवान शिवको पुजा आराधना गर्नुपर्ने हुन्छ । जसले ग्रह दशालाइ हटाउने छ । पुजा गर्दा सबै राशिका व्यक्तिले महामृत्युन्जयको मन्त्र जप्नुपर्ने हुन्छ ।

त्यसैले थाहापाउनुस्, कुन राशिका व्यक्तिले कुन वस्तुद्धारा भगवान शिवको पुजा गर्नुपर्छ ।
१. मेष: यो राशिका व्यक्तिले मंगल ग्रहको लागि मह चढाएर महादेव शिवको पुजा गर्नुस् ।

२. वृष: यो राशिको ग्रह शुक्र हो । यो राशि हुनेहरुले गुलाब तथा अन्य फुल चढाएर भगवान शिवको पुजा गर्नुस् ।

३. मिथुन: यो राशि हुनेहरुले बुध ग्रहको लागि भिन्दा भिन्दा फलको रस चढाएर भगवान शिवको पुजा गर्नुस् ।

४. कर्कट: यो राशिका व्यक्तिले चन्द्रमाको पुुजा गर्नुपर्ने हुन्छ । यसका लागि गाईको दुध चढाएर भगवान शिवको पुजा गर्नुस् ।

५. सिंह: यो राशि हुनेहरुले शिवरात्रीको दिन गाईको घ्युले शिवजीको पुजा गर्नुभयो भने तपाईको ग्रह दशा हट्नेछ ।

६. कन्या: यसको राशि बुध हो । यस राशिका व्यक्तिले तीर्थ यात्राबाट ल्याएको जल भगवान शिवको शिरमा चढाउनाले ग्रह शान्त हुन्छ ।

७. तुला: यो राशी हुनेहरुले भगवान शिवलाई दहि चढाउनुस् ।

८. वृष्चिक: यो राशि हुनेहरुले गुलाब तथा फुलपातीले भगवान शिवको पुजा गर्नुस् ।

९. धनु: यो राशि हुने व्यक्तिहरुले केशर चन्दनले भगवान शिवको पुजा गर्नुस् । यसले तपाइको ग्रह शान्त हुनेछ ।

१०. मकर: मकर राशि भएका व्यक्तिलाई शनी दशाले सताउने गर्दछ । शुभ फल पाउनको लागि अष्टगन्धले शिव भगवानको पुजा गर्नुहोस् ।

११. कुम्भ: यो राशि हुनेहरुले तिलको तेल चढाएर भगवान शिवको पुजा गर्नुहोस् ।

१२. मीन: यो राशिका व्यक्तिले भने विभीन्न तीन ग्रहको पुजा गर्नुपर्ने हुन्छ । पुजा गरिसकेपछि भिन्दाभिन्दै औषधिले शिवजीको पुजा गर्नुस् ।

यो पनि पढनुहोस्

कुन राशिका प्रेमी प्रेमीका कस्ता
कुन राशिले कसरी यौन आनन्द लिन्छन् ?
राशि अनुसार घरमा कुन जनावर पाल्नु शुभ, १२ राशिका आफ्नै शुभ जनावर
कुन राशिलाई कस्तो पहिरन सुहाउँछ ?