बलिउड नायक इमरान खान र उनकी पत्नी अवंतिका मलिकको सम्बन्ध बिग्रिएको छ। यो जोडी अहिले अलग-अलग बसिरहेको बताइएको छ। इमरान र अवंतिकाले ८ वर्ष पहिले विवाह गरेका थिए। उनीहरुको एउटी छोरी इमारा छिन्।

पाली हिल स्थित इमरानको घर छोडी छोरी लिएर अवंतिका आफ्नो आमा-बुबासंग बस्न गएकी हुन। अहिले दुवै परिवार इमरान र अवंतिका बीच सुलह गराउने कोसिसमा छ।

इमरान र अवंतिकाले सन् २०११ मा विवाह गरेका थिए। उनीहरुकी छोरी इमारा सन् २०१४ मा जन्मेकी हुन। विवाह पहिले यो जोडी लामो समयसंग प्रेम सम्बन्धमा थियो।

निर्देशक बन्दै छन् इमरान
इमरानले सन् २००८ मा ‘जाने तु या जाने ना’ बाट डेब्यु गरेका थिए। यो भन्दा पहिले उनले मामा आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ मा बालकलाकारको रुपमा अभिनय गरेका थिए। अब इमरान अभिनय छोडेर फिल्म बनाउन लागिपरेका छन्। अहिले उनी एकता कपूरको वेब शो मोम (मार्स अर्बिट मिसन)लाइ निर्देशन गर्दैछन्। यसमा भारतको मंगल मिशन देखाइने छ।