२३ असोज, काठमाडौं ।
चरेशसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंदेखि धनगढी जाँदै गरेको ना ४ ख ५८७४ नम्वरको बसमा यात्रा गरिरहेकी रुकुम काँक्री ६ घर भैदाङ्ग निवासी ३० बर्षीया पवित्रा पुनलाई १० किलोग्राम चरेशसहित पक्राउ गरेको हो।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको आम्वासास्थित नेपाली सेनाको चेक पोष्टमा चेकिङका क्रममा सेनाले उनको झोलाबाट लागूऔषध चरेश फेला पारेको हो। चरेशसहित महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।