“अचम्म!!”

-कुशल श्रेष्ठ

आजकाल, आफ्नो कमजोर दृष्टि हुने आँखाको लागि थुप्रै किसिमका उपचारहरू पाइन्छन्। चस्मा, कन्ट्याक्ट लेन्स देखि लिएर लेजर सर्जरी गरेर समेत आफ्नो कमजोर आँखाको उपचार गर्न पाइन्छ। तर, यदि तपाईँको चस्मा अपरझटमा कतै खस्यो अथवा कन्ट्याक्ट लेन्स कतै झर्यो भने अब के गर्नुहुन्छ? खसेर मात्र त ठीकै थियो तर यदि खसेर टुट-फुट भएमा चाहिँ के गर्नुहुन्छ नि? धन्ना नमान्नुहोस्, यसको उपाय पनि छ।vision with glasses

युट्युबमा ‘हेनरी रिच’ले हाम्रो दृष्टिलाई कुने लेन्स अथवा सर्जरीबिना नै कसरी ठीक बनाउने भन्ने बारे छोटो र मिठो तरिका सिकाएको छ। “हातको औँलाको सहायताले धेरै सानो प्वाल बनाउनुहोस्, अनि त्यसबाट हेर्नुहोस्, र संसार फेरि प्रष्ट देख्नुहुनेछ।”, उनी भन्छन्- “यसले काम गर्छ, चाहे तपाईँको दृष्टि जतिसुकै कमजोर होस्। चस्मा फुकाल्नुहोस् र एकचोटी प्रयास गर्नुहोस्।” यस भिडीयोमा परीक्षणको लागि केहि अक्षरहरू पनि देखाइएको छ।

तर मैले त्यो प्वालबाट जे देखेँ, अनि तपाईँले जे देख्नुभयो, त्यो कसरी सम्भव छ? यो कुरा बुझ्नको लागि, सर्वप्रथम मानिसको दृष्टिले कसरी काम गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ। साधारण भाषामा भन्नुपर्दा, हामीले केहि कुरा देख्नको लागि श्रोत (आँखा) बाट निस्केको प्रकाश उक्त वस्तुमा ठोक्किएर फेरि आँखाको रेटिनामा फर्किनुपर्छ, जहाँ उक्त वस्तुको प्रतिबिम्ब बन्दछ। यदि हाम्रो आँखामा लेन्स नहुने हो भने कुनै वस्तुबाट ठोक्किएर आएको प्रकाश रेटिनाको जताततै ठाउँमा पुग्दछ, जसले गर्दा धमिलो धब्बाबाहेक अरू केहि देखिँदैन। कुनै वस्तुलाई प्रष्ट रूपले देख्नको लागि त्यस वस्तुबाट फिर्ता आएको प्रकाशको किरण हाम्रो आँखाको रेटिनाको कुनै एक भागमा मात्र पर्नुपर्ने हुन्छ।

त्यसैले गर्दा हामीले केहि कुरामा हेर्दा त्यसबाहेकका दृश्यहरूलाई धमीलो देख्छौँ- हाम्रो आँखामा भएको लेन्सले कुनै एक दिशाबाट आएको प्रकाशलाई मात्र फोकस गर्न सक्छ। यदि कुनै वस्तु आँखाको लेन्सबाट अति नै टाढा अथवा अति नै नजिक छ भने, त्यसबाट निस्केका प्रकाशका किरणहरू रेटिनाभरि नै फैलिन्छ, जसले गर्दा हामीले धमिलो छाँया मात्रै देख्न सक्छौँ। र त्यसैको लागि नै हाम्रो आँखामा भएका मांशपेशीहरू काम लाग्ने हुन्, जसले चाहिएअनुसार आँखाको लेन्सलाई घटाउने वा बढाउने काम गर्दछ। र जब ती मांशपेशीहरूले काम गर्दैनन्, तब हामीलाई चस्मा, कन्ट्याक्ट लेन्स अथवा सर्जरीको आवश्यकता पर्ने गर्दछ।

उक्त भिडियोमा देखाएको तरिकाले काम गर्दछ, किनभने जब त्यो सानो प्वालबाट प्रकाश छिर्दछ, कुनै पनि दिशा अथवा दुरीको वस्तुहरूबाट निस्केको प्रकाशहरू मध्ये कुनै एक दिशाबाट आएको किरण मात्रै आँखामा पर्दछ। जसले गर्दा रेटिनाको सबै भागमा प्रकाश पर्ने समस्या हुँदैन। मूख्य सूत्र चाहिँ प्रकाशलाई फोकस गर्नुभन्दा पनि प्रकाशलाई छेक्नु हो।

यो पनि हेर्नुहोस्-

गुगलसँग प्रतिष्पर्धा गर्न माइक्रोसफ्टले ल्यायो अचम्मको चस्मा

गर्मीमा के गर्ने के नगर्ने? थाहा पाइराख्नुस् २२ शुत्र