५ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु एक दिन अघि सञ्चारकर्मीका कडा कडा प्रश्नको सामाना गर्नु परेको थियो छ ।

नाकाबन्दी खोलिएपनि भारतले अहिले पनि आपुर्ति पूर्णरुपमा सहज नगरेको, चाइना कार्ड प्रयोग गर्न खोजेको वा भारतसँग कुन सम्बन्ध स्थापित गर्न खोजेको भनेर सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।

Oli Press Meet

फाइल तस्विर

त्यतिबेला ओलीले जवाफ दिएका थिए “चाइना-साइना कार्ड वा के कार्डमा मलाई विश्वास छैन, म तास खेल्न लागेको होइन”।

प्रचण्डसहित सबै माओवादीका शीर्ष नेताले ओली भेट्ने

ओली र प्रचण्डको मनमुटावः सरकार छोड्ने सम्मको तयारी

भारतीय मिसन सफलः चीनसँग इन्धन सम्झौता नहुने निश्चित

चीन भ्रमण जानु २ दिन अघि पनि ओलीलाई त्यही प्रश्न सोधिएको छ । यस पटक सांसदहरुले ओलीलाई यसबारे जिज्ञासा राखेका हुन्

ओलीले चीनलाई कार्डको रुपमा प्रयोग गर्न आफ्नो कुनै रूची नरहेको जवाफ दिएका छन् । शुक्राबार संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपस्थित ओलीले भएर एक देशविरुद्ध अर्को देशलाई कार्डको रुपमा प्रयोग गर्ने खुद्रा खेल खेल्न आफूलाई रुची नरहेको बताएका हुन् ।

ओलीले आफ्नो भ्रमणमा चीनसँग तातोपानी नाका सुचारु गर्ने र रसुवागढी नाकाको सडक फराकिलो पार्ने विषयमा छलफल हुने जानकारी दिएका छन् ।

ओलीले चीनसँग विद्युत आयात निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल हुने र रुङ-रसुवागढी-काठमाडौं रेलमार्गको निर्माण लगायतका विषयमा समेत छलफल हुने जानकारी दिएका छन् ।

ओलीले छिमेकी देशमा एक अर्काको विरुद्ध अर्कोलाई प्रयोग गर्ने नीति आफ्नो सरकारको नभएको दावी गरे ।