१९ साउन, एजेन्सी

सोमबारको दिन चीनको राजधानी बेइजिङ् शहरमा घण्टौ देखि पानि परिरहेको थियो। भिजिरहेको भए नि यो शहरका मानिसहरु आफ्नो आफ्नो काममा व्यस्त थिए। अचानक आकाशमा देखिएको यो दृष्यले पुरै शहर ठप्प भयो। यो दृष्य अरु केहिको नभई एक ईन्द्रेणीको थियो।

संसारभरिका मानिसहरुलाई यो खबर सुनेर अचम्म लाग्न सक्छ। जाबो एउटा ईन्द्रेणीले कसरी शहरलाई रोक्न सक्छ। संसारको अरु भागमा यस वर्षाको मौसममा ईन्द्रेणी देखिनु समान्य कुरा हो। तर चिनको बेइजिङ शहर यो मौसममा धेरैजसो हुस्सु र कुहिरोले छोपिएको हुन्छ। यस हुस्सुलाई छल्दै ईन्द्रेणी देखिनु बेइजिङ् को लागि एकदमै दुर्लभ दृष्य हो।

rainbow in beijing (5)यो घटना पछि मंगलबार बिहान चिनको समाजिक साईटहरुमा यस ईन्द्रेणीको हजारौँ तस्बिर अपलोड भएको देखियो। यस्तो दुर्लभ दृष्य देखिएको मौकामा बेइजिङका मानिसहरुले बडो उत्साहका साथ तस्बिर खिचेर चिनको समाजिक संजाल ‘वेबो'(Weibo)मा पोष्ट गरेका थिए। केहि मानिसहरुले यस दृष्यबाट जागेको उत्साह जनाउदै थिए भने केहिले चिनको वातावरणमा सुधार आउन लागेको आश गर्दै थिए।

rainbow in beijing (4) rainbow in beijing (3) rainbow in beijing (2) rainbow in beijing (1)सो ईन्द्रेणीले चिनी मिडियालाई पनि उत्सुक्ता थिएको थियो। खुसि भएको चिनि मिडियाले यो चिनि वायुमण्डल सफा हुदै गएको संकेत हो भनेर जनाएका थिए। जबकि चिन वायुप्रदुषण उत्पादन गर्नमा संसारकै उच्च स्थानहरुमा पर्छ। यसैगरि ‘विच्याट'(wechat)मा पनि यसबारे निक्कै हल्ला चलेको थियो।

यो पनि हेर्नुहोस-

हङकङको बसाई, एउटै बिल्डिङमा १४ हजार..(फोटो फिचर)