२७ चैत, एजेन्सी।

भारत र चीनको ब्रिग्रेको सम्बन्धका बीच एक फरक खालको खबर आएको छ। दुवै देशका नौसेना मिलेर एक संयुक्त अपरेशन सञ्चानल गरेका छन्।

एडनको खाडीमा एक पानीजहाज हाइज्याक भएपश्चात दुवै देशका सेनाले संयुक्त अपरेशन सञ्चालन गरेका हुन।

जापान र दक्षिणी चिनियाँ सागरलाई लिएर दुवै देशका सेनाबीच मतभेद छ। जापानको हिन्द महासागरमा संयुक्त अपरेशनमा भाग लिएका कारण चिनियाँ सेनाले भारतलाई आरोप लगाउँदै आएको छ । भारतको नेभीले जापानसंग मिलेर हिन्द महासागरमा अघिल्लो वर्ष संयुक्त सैन्य अभ्यास गरेको थियो। साथै दक्षिणी चिनियाँ सागरलाई लिएर भारतको भूमिका प्रति चीनले आपत्ति जनाउँदै आएको छ।

चीन र भारतको संयुक्त सैन्य अपरेशन
एडन खाडीमा लुटेराको आतंक छ। पानीजहाज हाइज्याक भएको सूचना पाउना साथ भारतीय नेभीले आफ्नो दुई सुमहलाई घटनास्थलमा पठाएको थियो। अपरेशनको क्रममा चिनियाँ सेनाको पीएलए डिभिजनले हवाइ सहायता गरेको थियो।

दलाल लामाको कारण चीन -भारत विवाद
बौद्ध धार्मिक गुरु दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणलाई लिएर चीनले भारतसंग खुसी छैन। चीनको यसको बदलामा कश्मीरमा हस्तक्षेप गर्ने धम्की दिएको छ।