७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा गरेको प्रवचन कार्यक्रममा उनले स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे ।

नेता खनालले नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताए ।