birodh pgm of CPNM१० साउन, काठमाडौ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसीर चारको संविधानसभा निर्वाचन विथोल्न आजदेखी चुनाव बहिस्कार आन्दोलन सुरु गर्दैछ ।

एकीकृत माओवादीले एकमहिने चुनाव अभियान सुरु गरेकै दिन ३३ दलीय मोर्चाले चुनावको भण्डाफोर अभियान सुरु गर्न लागेको मोर्चामा आबद्ध एक नेता जानकारी दिए । मओवादीले चुनाव विरोधी अभियान एक महिना संचालन गर्ने जनाएको छ । अभियान अन्तरगत पर्चा, पोष्टर र जनसभाका कार्यक्रम राखिएका छन ।

माओवादीले तयार गरेको पोष्टरमा नयाँ जनआन्दोलनवाट जनताको संघीय गणतान्त्रिक संविधान बनाउने उल्लेख छ । एकीकृत माओवादीले भने केन्द्रीय नेताको उपस्थितीमा आजैदेखी एकमहिने चुनावी अभियान सुरु गर्दैछ । गतसाता सम्पन्न विस्तारित बैठकले चुनावी अभियान सुरु गर्ने निर्णय गरेको थियो ।