-बोनिस कोईराला

चेस संसारको सबैभन्दा प्रचलित रणनीतिक खेल हो। यस खेलको इतिहास धेरै पुरानो छ। तथ्याङ्क अनुसार विश्वमा ७० करोड भन्दा बढि मानिस चेस खेल्छन्। वैज्ञानिकहरुले यो खेल खेल्ने बढि सल्लाह दिन्छन् किनकी यसमा प्रयोग हुने रणनीतिले बौद्धिक बिकासमा निकै सहायता गर्छ।

यस खेलमा माहिर बन्न हजारौँ पटकको अभ्यास लाग्न सक्छ । अनुभव अनुसार नै यो खेलमा पोख्त बन्न सकिन्छ। त्यसैले नै धेरै पटक चेस खेलेका अनुभवीले कम चेस खेल्नेलाई सजिलै हराइदिन्छन्।

चेस २ खेलाडी बीच खेलिने खेल हो। यो खेल बोर्डमा खेलिन्छ, जसमा ६४ वटा वर्गहरु (८x८) हुन्छन्।

दुवै खेलाडीको १६-१६ वटा ‘चेसका गोटी’ हुन्छन् जसमा ८ सिपाही, २ हात्ती, २ ऊँट, २ घोडा, १ राजा र १ मन्त्री  हुन्छ। हरेक गोटीको आ-आफ्नो चाल हुन्छ। हेरक गोटीको आफ्नो आफ्नो ठाँउ हुन्छ। सबैभन्दा अगाडी सिपाही राखिन्छन्।

हात्तीलाई सिधा मात्र चलाउन सकिन्छ, उँट छड्के मात्र चलाउन सकिन्छ, सिपाही अगाडी बढेपछि पछाडी फर्काउन मिल्दैन, राजा चारै दिशा एकएक वर्ग चल्न सक्छ भने मन्त्री सिधा अनि छड्के जसरी पनि चलाउन सकिन्छ। यस खेलमा जुन पक्षको राजा सुरुमा चलाउनै नमिल्ने गरि फस्दछ उसले खेल हार्छ। घोडालाई अङ्ग्रेजीको ‘एल’ (L) जस्तो गरि चलाइन्छ। चलाउन नजान्दा सबैभन्दा खेल्न गाह्रो लाग्ने घोडा जानेमा सबैभन्दा शक्तिशाली गोटी ठहरिन्छ।

chess pieces (1)चेस खेलको दक्ष मानिसलाई ग्र्याण्डमास्टर भनिन्छ। यो खेलमा ग्र्याण्डमास्टर बन्न बर्षौँको अभ्यास लाग्न सक्छ। अहिले विश्वका चेस च्यामपियन नर्वेका २४ वर्षिय ‘स्भेन म्यागनस कार्लसन’ रहेका छन्। उनले विश्व चेस च्याम्पियनको उपाधी २०१३ र २०१४ दुवै साल हात पारेका थिए।

पढ्नुहोस् चेस खेल सम्बन्धि केही रोचक तथ्यहरु

१. करिब १४०० वर्ष अगाडि भारतको गुप्ता साम्राज्यमा चेस खेलको आरम्भ भएको थियो। यहाँबाट यो खेल फैलिँदै पर्सियन सस्सानिद साम्राज्यमा पुग्यो। मुसलमानहरुले पर्सिया कब्जा गरेपछि यो खेल एसियाको पुर्वमध्यम क्षेत्रमा पुग्यो। पछि गएर यो खेल युरोप र रसियामा पनि प्रचलित भयो।

२. खेलको सुरुमा सिपाही दुई कदम अगाडि चल्ने चाल सन् १२८०मा स्पेनबाट आएको थियो।

कोष g7 मा भएको कालो पिप्सा को पहिलो चालले कोष g5 मा पुग्नेछ।

वर्ग g7 मा भएको कालो रंगको सिपाही को पहिलो चालमा वर्ग g5 मा पुग्नेछ।

३. चिनियाँ सम्राट वेन-टीले २ विदेशी खेलाडीलाई चेसमा सम्राटको (राजा गोटी) पनि गोटी प्रयोग भएको कारण मृत्युदण्ड दिएका थिए। उनको सम्राट पदलाई एक खेलको गोटीसँग तुलना गरेको कुरा उनले सहन सकेनन्। उनले यस खेललाई चीनमा प्रतिबंध लगाएका थिए।

चिनिया सम्राट वेन-टीको चित्र

चिनिया सम्राट वेन-टीको चित्र

४. अमेरिकामा पहिलो पल्ट चेसको उल्लेख सन् १६४१मा डच(dutch) बासीहरुको पालामा भएको थियो। अमेरिकामा पहिलो चेस प्रतियोगिता १८४३मा प्रारम्भ भएको थियो।

५. चेसको खेलमा एक चाल चल्न सबैभन्दा लामो समय ब्राजिलका ग्र्याण्डमास्टर त्रोईस(trois)ले लगाएका थिए। उनले उक्त खेलमा एक चाल चल्न २ घण्टा २० मिनेट लगाएका थिए।

६. खेल बनेको सुरु-सुरुमा मन्त्री एक चालमा एक वर्ग तेर्सोमात्र चल्न पाउथ्यो। पछि यसलाई २ वर्गमा परिणत गरियो तल चाल भने त्यहि नै थियो। स्पेनमा खेल पुगेपछि रानी ‘ईजाबेला’ले सो खेलमा रानीको गोटीलाई सबैभन्दा बलियो पिस बनाएकी थिइन।

८. सैद्धांतिक रुपमा एक चेस खेलमा सबैभन्दा धेरै चाल ५,९४९ सम्म हुन सक्छ।

९. कम्पुटरको विकाशमा ठुलो योग्दान दिएका प्रसिद्ध गणितज्ञ ‘एलेन ट्युरिङ्ग’ले सन् १९५१मा पहिलो पल्ट चेसको कम्प्युटर खेलको योजना बनाएका थिए। तर त्यो बेला कुनै पनि कम्प्युटरले उक्त खेल चलाउन सक्षम थिएनन्। ट्युरिङ्गले यस खेलमा हरेक चाल पछि हुनसक्ने संभावना र गणितलाई ध्यान राखि आफै परिक्षण गर्दै सो कम्प्युटर खेल बनाएका थिए।

प्रसिद्ध गणितज्ञ 'एलेन टिउरिङ्घ'

प्रसिद्ध गणितज्ञ ‘एलेन ट्युरिङ्घ’

१०. डिप थट (deep thought) नामक कम्प्युटरले पहिलो पल्ट एक अन्तराष्ट्रिय ग्र्याण्डमास्टरलाई सन् १९८८मा क्यालिफोर्नियामा हराएको थियो। यससँगै डिप ब्लु (deep blue) नामक कम्प्युटर कुनै पनि विश्व च्याम्पियनलाई हराउन सक्ने पहिलो कम्प्युटर थियो। यस कम्प्युटरले विश्व च्याम्पियन ‘ग्यारी कासपारोव’लाई सन् १९९७मा हराएको थियो। यी कम्प्युटरले कुनै गोटी चालेपछि अर्को कुन गोटी चाल्दा भविष्यमा खेल जित्न सजिलो हुन्छ भनि गणितको सहायताले पत्ता लगाउन सक्छ।

 डिप ब्लु कम्प्युटर

डिप ब्लु कम्प्युटर

११. विश्वमा पहिलो पल्ट अंग्रेजी भाषामा प्रकाशित भएको दोस्रो किताब चेसको बारेमा थियो। पहिलो किताब प्राचिन ग्रिसको ट्रोयमा भएको ट्रोजन घोडा(trojan horse)को कथाश्रिङ्खला थियो।

१२. मनोवैज्ञानिकहरुले स्मरण शक्ति बढाउने एक राम्रो उपाय चेल खेल्नु हो भनेका छन्। यस खेलले गणितका जटिल समस्याहरुको समाधान गर्नुको साथै नयाँ योजना बनाउन सक्ने अभ्यास दिन्छ।

१३. राजालाई वरिपरी घेरिएपछि बोलिने शब्द ‘चेकमेट’ (checkmate) पर्सियन शब्द ‘शाह मट’बाट आएको हो। यसको मतलब राजाको मृत्यु हो। तर आजकाल यो शब्द राजा फस्दा वा भाग्ने कुनै वर्ग बाँकि नभएको बेला भन्ने गरिन्छ।

चेकमेट गरिएको स्थिति

राजा चेकमेट गरिएको स्थिति

१४. खेलहरुमा नयाँ खेलाडिहरुलाई ‘रुकी'(rookie) भनिने प्रथा चेसबाट नै आएको हो। चेसमा रुकी भनेको हात्ती को गोटी हो।

यो पनि पढ्नुस्।

कम्प्युटर सफ्टवेयरले हरायो मानिसलाई