२८ चैत, एजेन्सी ।

क्यानडाको विनपेग शहरमा पछिल्लो समय घटेको एउटा चोरीको घटनाले सबैलाई चकित बनाएको छ । क्यानडाको एगलेक क्षेत्रमा चोरले रातारात २० मिटर लामो मोवाइल टावर नै गायव गरिदिएका छन् । त्यस क्षेत्रबाट टावरका सम्पुर्ण उपकरणसमेत गायब भएका छन् ।

घटनाको अघिल्लो दिन उक्त क्षेत्रमा नेटवर्क नआएर टेलीफोन सेवा अवरुद्ध भएपछि छानविन सुरु भएको थियो । छानविनको क्रममा २० मिटर अग्लो पुरै टावर चोरि भएको देखेपछि अधिकारीहरु दंग परेका थिए ।

चोरले चोरिको सम्पुर्ण सामान एक ट्रकमा भरेर लगेको बताइएको छ । चोरले टावरका टुक्रा बोकेर भागेको स्थानियले बताएका छन् । हाल प्रहरीले चोरको खोजी गरिरहेको बताईएको छ ।