३ फागुन, काठमाडौं।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो भिडन्तमा आजराती स्पेनिस बार्सिलोना र फ्रान्सको पिएसजी आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार आजराती साढे एक बजे पिएसजीको मैदानमा यी दुई टिमबीच पहिलो लेग हुन लागेको हो । दोस्रो लेग ८ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

यी दुई टोलीबीच अहिलेसम्म च्याम्पियन्स लिगका ६ भिडन्तमा बार्सिलोनाले ५ खेल जित्दा पिएजीले १ खेलमात्र जितेको छ । अन्तिमपटक २०१४ सेप्टेम्बरमा लिगको ग्रुप एफको खेलमा बार्सिलोनालाई ३–२ हराएयता पिएजीले खेल जित्न सकेको छैन ।

बार्सिलोना लालिगामा अहिले दोस्रो स्थानमा रहेको छ भने पिएसजी पनि फ्रेन्च लिगमा दोस्रो स्थानमा छ । १९९६-९७ को को च्याम्पियन्स लिगमा यी दुई टोलीले फाइनल खेल्दा बार्साले १–० उपाधि भित्र्याएको थियो ।

बार्सिलोनाका तर्फबाट लियोनेल मेसी, नेयमार र सुवारेज पछिल्लो समय निक्कै फर्ममा रहेका छन् । उता पिएसजीमा भने डि मारिया, काभानी र लुकास मौरा निक्कै खतरनाक मानिन्छन् ।