हेडलाइन्स वाच

३ माघ, काठमाडौं । आफुलाई विकास पुरुषमा रुपमा प्रोजेक्ट गरेर नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीमा बिराजमान गराउन सफल भए। उनको यतिखेर भारतमै पनि हाइहाइ छ। देशभित्र मोदीको लोकप्रियता घटेको देखिदैन्। बरु प्रमुख प्रतिपक्ष दल कांग्रेस आई निकै कमजोर देखिन्छ।

narendra-modi-1406429

जुन सफलता मोदीलाई भारत भित्रै प्राप्त भएको छ त्यही स्तरको सफलता देश बाहिर पटक्कै देखिदैन्। भारत छिमेकमै नराम्ररी पछारिएको छ। रणनैतिक हिसावले महत्वपुर्ण छिमेकीहरु नेपाल, पाकिस्तान, चीन, इरान लगायतका देशमा भारतको स्थिति सन्तोषजनक छैन। बरु निरन्तर विदेश नीतिमा भारतले लगातार झड्काहरु बेहोरेको छ। पछिल्लो उदाहरण, मंगोलिया सन २०१५ मा नरेन्द्र मोदीले चीन र रसियाका बीचमा पिल्सिएको भुपरीवेष्ठित देश मंगोलियाको भ्रमण गरे।

भारतले अवरोध गरे मिलेर कदम चाल्ने पाकिस्तान र चीनको तयारी

चीनलाई सन्देश दिन गरिएको भ्रमणको राजनैतिक महत्व थियो। त्यसपछि भारतले आफ्नै देशमा निर्वासित जीवन बिताइरहेका दलाई लामा मंगोलिया भ्रमणको लागि उत्साहित पार्यो। दलाई लामाको मंगोलिया भ्रमणपछि चीनलाई त्यहाँ नाकाबन्दी लगायो। जसरी नेपाल भारतमाथि पुर्ण आश्रित थियो त्यसैगरि मंगोलिया चीनमाथि आश्रति देश हो।

modi-china-president

नाकाबन्दीले थला परेको बेला मंगोलियाले भारतलाई पनि गुहार्यो। मोदीको भ्रमण ताका उनले मंगोलियालाई १ बिलियन डलर सहयोगको आश्वासन दिएका थिए। मंगोलिया त्यही चाहन्थ्यो समस्याका बेलामा । तर भारतले त्यसको लागि पक्रिया चलिरहेको जवाफ दियो मात्रै तर केही भने गरेन् अन्तत मंगोलिया चीन तिरै फर्कियो र दलाई लामालाई कहिल्यै आफ्नो देशमा टेक्न नदिने शर्तमा। फलस्वरुप चीनले मंगोलियालाई ४.२ बिलियन धनराशी दिने बारेमा कुराकानी शुरु गर्यो। यसरी भारतले एउटा बाजी हार्यो।

चीनले राखेको शर्त भारतले गर्‍यो ठाडै अस्वीकार

भारतले नेपालमा पनि सहानुभुति गुमाईसकेको छ। जनस्तरमा भएको नजिकको सम्वन्धको बाबजुद भारत निर्लज्जताका साथ नेपालमा नाकाबन्दीमा उत्रिएको थियो। नेपाललाई महत्वपुर्ण छिमेकका हिसावले सम्मानका साथ व्यहार गर्नुको सट्टामा हेपाहा प्रवृती देखाएको भारतले त्यति बेला तिलमिलायो जब नेपालबाट त्यसको प्रतिरोध भयो। नेपालमा अझै भारतको असफल नीति जारी रहेको देखिन्छ ।

भारतको नाकाबन्दीको समयमा चीन नेपालसंग थप नजिकियो । भौगोलिक असहजताका बाबजुत चीन नेपाललाई सहयोग गर्ने सधै तयार रहेको सन्देश दिन सफल त रह्यो नै । हाल नेपाल र चीनबीचको सम्वन्ध नयाँ उचाईमा पुगेको छ जुन चीनका राष्ट्रपतिको भ्रमण भएमा थप बलियो हुने अनुमान गरिएको छ। नेपालमा रहेको भारतीय पकड अब पहिले जस्तो रहेन्। इरान, जब जर्ज डब्ल्यु बुशले इरानमाथि नाकाबन्दी लगाए, तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह अमेरिकासंगै देखिए ।

इरानसंग रहेको पुरानको सम्वन्धका बाबजुद भारतले इराननीतिमा अमेरिकी पिछलग्गु बन्यो। बाराक ओबामाले इरानसंग सम्वन्ध सुधारे तर भारत जहाँको त्यही रह्यो। कतिसम्म भने भारतका लागि इरानी राजदुतले भारत र इरानबीच हुन सक्ने ठुला आयोजनाका लागि सयौं वर्ष कुर्नु पर्ने हो ? भनेर सार्वजनिक रुपमै बोले। जबकी अमेरिकी प्रतिबन्धका बाबजुद चीनले इरानमा थुप्रै आयोजनाहरु सञ्चालन गर्यो।

चीनले इरानमा स्टिल मिल, इरानको मेट्रो सिस्टम र ठुलो सडक आयोजना निर्माण गर्यो। गत वर्षको फरवरी देखि चीन र इरानबीच १० हजार किलोमिटर लामो सडक मार्ग समेत सञ्चलन आएको छ। इरानका विषयमा पनि भारत पछी परेको देखिन्छ। अन्य दुइ छिमेकी चीन र पाकिस्तानसंग त भारतको सम्वन्ध शत्रुतापुर्ण रहेको कसैबाट लुकेको छैन्।