२० मंसिर, काठमाडौं । युवतीकै कारण बेला–बेला स्क्यान्डल मच्चाइरहने नायक तथा निर्देशक भूवन केसीले आइतबार फेरि सबैलाई आश्चार्यचकित पारेका छन् ।vuban-samragyi

अहिले नायिका जिया केसीसंगको अफेयरमा रहेको चर्चा चलिरहेकै बेला आइतबार भएको ‘कामना फिल्स अवार्ड’ मा आफ्नै छोराकी हिरोइनसंग नारिएर हिडेको देखिए । चलचित्र ‘ड्रिम्स’ की हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहसंग कुम जोड्दै कार्यक्रममा देखा परेका भूवनलाई देखेर सबै आश्चार्यमा परेका हुन् ।

चलचित्र ड्रिम्समा भूवनको छोरा अनमोल नायक थिए भने उनकी हिरोइन् साम्राज्ञी थिइन् । साम्राज्ञीसंग पोज–पोज फोटो खिचाउन नहिच्किचाए पनि भूवनले ‘पहिलो पटक लाज लागेको’ बताएका थिए ।

छोरा नायक अनमोल केसीको प्रतिक्षामा रहेका दर्शक र पत्रकार साम्राज्ञीसंगै भूवन देखिएपछि जिल्लाराम भएका थिए । तर, दर्शकहरूको भूवन र साम्रज्ञीको जोडीमा पनि कम क्रेज देखिएन । उनीहरूसंग सेल्फी खिच्न दर्शकको तँछामछाडले भूवन हैरानै भएका थिए ।

कार्यक्रममा भूवनले सर्वोत्कृष्ट नव–निर्देशक को अवार्ड थापेका थिए भने साम्राज्ञीले उत्कृष्ट नव–नायिकाको सम्मान पाइन् ।