३ मंसिर, काठमाडौं । आज विहान निधन भएका छोरा प्रकाश दाहलको पार्थिव शरीरलाई उनका बुबा एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै दागवत्ती दिएका छन् ।

पुशपति आर्यघाटमा आज साँझ ३६ वर्षीय छोरा प्रकाशलाई प्रचण्डले दागवत्ती दिएका हुन् । यसअघि उनको पार्थिव शरीरलाई नेकपा माओवादी केन्द्रीय कर्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

प्रकाशको आज विहान हृदयघातका कारण सुतेकै ठाउँमा निधन भएको थियो ।