६ असोज, जनकपुरधाम ।
धनुषाको धनौजी गाउापालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका बद्रीनारायण सिंहले २४२० मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन । सिंहका निकटतम प्रतिद्वन्दी राजपाका विरेन्द्र झाले २०१९ मत ल्याएका छन ।यसैगरी उपाध्यक्ष पदमा काँग्रेस कै रामरती देवी मण्डल २३२६ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी राजपाका निर्मला देवीको १९०६ मत आएको छ ।

धनुषाको १८ तह मध्ये सार्वजनिक भएको ६ स्थान मध्ये नेपाली काँग्रेस ३, एमाले २ र राजपा एक स्थानमा विजयी भएका छन भने बाँकी १२ स्थानको मतगणना जारी रहेको छ । १२ स्थान मध्ये काँग्रेस ५, फोरम ३, एमाले २, माओवादी केन्द्र १ र राजपा १ स्थानमा अगाडि देखिएका छन ।

मतगणनाको पछिल्लो परिणाम अनुसार जनकपुर उपमहानगरपालिकामा राजपा ६२६५, काँग्रेस २१४५ र एमाले ६३२ मत ल्याएका छन । यसैगरी धनुषाधाम नगरपालिकामा काँग्रेस २५७१, एमाले २०५१, माओवादी १५३६, क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेस ३४३६, फोरम २३८५, एमाले १३७१, नगराइन नगरपालिकामा काँग्रेस २८३३, एमाले २३७२, राजपा ५००, मिथिला विहारी नगरपालिकामा एमाले २५१८, काँग्रेस १६८५,माओवादी १३११ मत ल्याएका छन ।

यसैगरी लक्ष्मिनिया गाउँपालिकामा फोरम १९९५, काँग्रेस ९२२, स्वतन्त्र ८५३, शहीद नगरपालिकामा माओवादी ३४३५, काँग्रेस २७४१ र फोरम २४२८ मत ल्याएका छन ।