१० मंसिर, काठमाडौं ।

‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको’, ‘बुढो किसान’ जस्ता चर्चित गीत गाइसकेका जीवन शर्मा नयाँ म्युजिक भिडियो सुटिङमा व्यस्त छन। जनताका गायक भनेर चिनिने गरेका उनी देशमा सृजित परिस्थितिसंग खुसी छैनन। राष्ट्रिय एकताको लागि मधेश पहाड अनि हिमाल एक हुनु पर्ने उनको बुझाइ छ।

यसै परिबेशमा रहेर गायक जीवन शर्माले ‘मधेसी पहाडी हिमालका हिमाली सयौं जाति जनजाति हामी सबै नेपाली’ बोलको नयाँ गीत बजारमा ल्याउने तयारीमा रहेको नेपालीहेडलाइन्सलाई बताए । अहिले उक्त गीतको म्युजिक भिडियोको सुटिङमा ब्यस्त छन् शर्मा । भिडियो सुटिङका लागि पोखरा पुगेका शर्माले केही दिनमा गीतको भिडियो फाइनल भइसक्ने र दर्शकमाझ पुगिसक्ने बताए।

jeevan sharma video shooting1

अहिले मधेसमा भइरहेको आन्दोलनलाई केही हदसम्म भएपनि कम गर्न तथा राष्ट्रिय एकता कायम गर्नको लागि यो गीत सहयोगी हुने गायक शर्माको विश्वास छ। बजेटले साथ दिए तराईका विभिन्न ठाउँमा गएर भिडियोको सुटिङ गर्ने इच्छा भएको पनि शर्माले बताए ।

jeevan sharma video shooting

यो गीतमा जीवन शर्मा लगायत गायिका निलिमा शर्मा र गायक दल बहादुर विश्वकर्मा को स्वर रहेको छ । गीतको रचना र संगीत जीवन शर्माको नै रहेको छ । तस्विर जीवन शर्मा फेसबुकबाट