बलिउड अभिनेता ऋतिक रोशन १० जनवरीका दिन ४३ बर्ष पुगे । उनले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’बाट प्रोफेसनल फिल्मी करिअर सुरु गरेका थिए । जानौँ उनका बारेमा केही रोचक जानकारी ।

–ऋतिक रोशन सानैदेखि कालाकारितामा लागेका थिए । ‘आशा’ नामक फिल्ममा अभिनय गर्दा उनी ६ बर्षका थिए ।

–ऋतिक रोशन राम्रो नृत्य गर्ने बलिउडका नायक हुन्, तर उनलाई २१ बर्षसम्म नाच्न गाह्रो भएको थियो । ऋतिकलाई डाक्टरले कहिल्यै डान्स गर्न नसक्ने बताएका थिए । तर, जब उनले आफ्नो मेरुदण्डको उपचार गरे र डान्सका सुपस्टार बन्न पुगे ।

Hritik Running 2

–ऋतिक रोशनलाई ३० हजार विवाह प्रस्ताव आएका थिए । उनको पहिलो फिल्मबाटै थुप्रै शुभचिन्तक बनाएका रितिकलाई ३० हजार आफ्ना फ्यानबाट विवाह प्रस्ताव आएको थियो । यो कुरा सन् २०००को भ्यालेन्सटाइन डे मा प्रमाणित भयो, जब उनलाई ३० हजारबढी विवाह प्रस्ताव आएका थिए ।

–ऋतिक रोशन दैनिक जसो आफ्नो ‘स्क्रैप्तबुक’मा आफ्ना दैनिक जीवनको प्रत्येक तस्विर राख्न भुल्दैनन् ।

–ऋतिक रोशनले एक पटक बलिउड छोड्ने निधो नै गरेका थिए, जब उनको बुवालाई माफिया आक्रमण गरिएको थियो ।

–सुटिङ सेटमा रितिक अन्य अभिनेता–अभिनेत्रीलाई आफैँ सर्भ गर्छन्, चिया बाँड्नेदेखि लिएर फर्श सफाई आँफै गर्छन् ।

–ऋतिकका बुवा–आमाले उनको फिटनेसको ध्यान राख्ने गरेका छन् । सुजैनसँग सम्बन्धबिच्छेदअघि उनले ऋतिकको ख्याल राख्ने गर्थिन् ।

–ऋतिक रोशन सानो छँदा भकभकाउँने गर्थे, तर उनको कडा संर्घषले उनलाई बलिउडको सुपर हिरो बनायो ।

–ऋतिक आफ्नो स्वास्थ्यलाई लिएर निकै गंभिर छन्, सानो तिनो समस्या देखिएमा निकै तनावमा पुग्छन् ।

–त्यसो त ऋतिकको धेरै फ्यान फलोअर्स छन्, तर उनी पनि कसैको फ्यान हुन् । सुरुमा ऋतिक मधुवालाको फ्यान थिए, त्यसपछि उनी परवीन बोँबीको फ्यान बने ।

यो पनि पढ्नुस्
यो वर्ष १२ महिना तहल्का पिट्ने बलिउड चलचित्र
ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने
सलमान, प्रियंका, विद्या अनि करणसंग एउटै मुद्धामा विग्रियो ऋतिकको सम्बन्ध
ऋतिकसंगको लामो चुम्बनको कारण नायिका चर्चामा