ह्वाट्स एप चलाउनु हुन्छ, फेसबुकमा च्याट गर्नुहुन्छ भने तपाइलाइ थाहै छ पठाएको म्यासेज अर्को व्यक्तिले हेरे नहेरेको कसरी थाहा पाउने। पठाएको म्यासेजको अन्तमा टिक मार्क देखियो भने थाहा पाइन्छ पठाएको म्यासेज पाउनेले देख्यो भनि। यसरी नै पठाएको इमेल पाउने व्यक्तिले हेरे नहेरेको कसरी थाहा पाउने?

मेलट्र्याक (MailTrack)

मेलट्र्याक  नामको क्रोम एक्सटेन्सन इन्स्टल गरेर आफुले पठाएको इमेल ट्र्याक गर्न सकिन्छ। यो इन्स्टल गरेपछी इमेल ट्र्याक, डेक्सटप र इमेल नोटिफिकेसको सुविधा लिन सकिन्छ। तर प्रत्येक इमेलको अन्त्यमा भने ‘Sent with MailTrack’ सिग्नेचर थपिने गर्छ। यस्तो नहोस् भन्नको लागि प्रति महिना ३.५ डलर तिरेर मेलट्र्याक प्रो भर्जनमा अपग्रेड गर्नुपर्ने हुन्छ।

डिमेल (Dmail -Delicious Mail)

पठाएको इमेल निश्चित समयसम्म नपढिए सो इमेल आफै नष्ट हुने बिभिन्न साइफाइ फिल्ममा देख्न सकिन्छ। डिमेल क्रोम एक्सटेन्सन इन्स्टल गरे फिल्ममा देखाइझै पठाएको इमेल निश्चित समयमा आफै नष्ट हुने गर्छ। त्यसपश्चात इमेल पाउने सो व्यक्तिले इमेल पढ्न सक्दैन। यो एक्टन्सन परिक्षण कालमै छ।

मेलटुक्लाउड (Mail2Cloud)

मेलटुक्लाउड क्रोम एक्सटेन्सन इन्स्टल गरेपछि इमेल कम्पोज गर्ने विन्डोजको ‘सेन्ट’ बटनको दाँया एउटा सानो बटन देखिन्छ। सामान्य तरिकाले इमेल कम्पोज गरिसकेपछि दिन र समय छान्न सकिन्छ। सो इमेल सोही समयमा आफै सेन्ड हुन्छ।
तपाइले आज इमेल तयार गर्नुभयो तर पर्सी पठाउनु पर्ने हो भने दिन र समय मिलाएपछि सो इमेल पर्सी नै मेलटुक्लाउडले पठाइदिनेछ।

र्यापोरटिभ( Rapportive)

र्यापोरटिभ एड-अन फायरफक्स र क्रोम दुवैमा प्रयोग गर्न सकिन्छ। तपाइलाई इमेल पठाउने मानिसको तस्बिर, अर्को इमेल, ट्वीटर आइडी जस्ता जानकारी यसले दिनेछ।

क्लाउडी (Cloudy)
यो क्रोम एक्सटेन्सनले इमेल पठाउँदा फरक फरक क्लाउडबाट फाइल एटेच गर्ने सुविधा दिन्छ। तपाइलाइ एउटै इमेलमा स्काइ ड्राइभ, ड्रपबक्स, गुगल ड्राइभ, गिटहव जस्ता क्लाउडबाट फाइल एटेज गर्नसक्नुहुनेछ।