टेस्टोस्टेरन हर्मोन पुरुषको अण्डकोषमा उत्पन्न हुन्छ। सामान्य रुपमा बुझ्दा यहि हर्मोन पुरुष हुनुको मुख्य कारण मानिन्छ। यो हर्मोनले पुरुषको आक्रमकता, दारी, मसल्स र यौन क्षमतासंग सीधा सम्बन्ध राख्छ।

शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यको लागि यो हर्मोनबारे सबै पुरुषले बुझ्न जरुरी हुन्छ।

टेस्टोस्टेरन हर्मोन उमेरसंगै कम हुँदै जान्छ । एक अनुमानको अनुसार ३०-४० वर्षको उमेर पश्चात हेरकवर्ष २ प्रतिशतको दरले यसको उत्पादनमा कमी आउँछ। यसको क्रमिक गिरावट स्वास्थ्यको लागि कुनै समस्या होइन तर केही यस्ता रोग, उपचार विधि तथा चोट छन् जसको कारण शरिरमा टेस्टोस्टेरनको मात्रा सामान्य भन्दा कम हुन सक्छ।

टेस्टोस्टेरन हर्मोनको कमीलाई हाइपोगोनडिजम भनिन्छ। ब्रिटिश पब्लिक हेल्थ सिस्टमको अनुसार हरेक १००० जनामा ५ जना हाइपोगोनडिजम पीडित हुन्छन्।

कसरी थाहा पाउने टेस्टोस्टेरनको कमी ?
-थकाइ लाग्छ, अल्छि लाग्छ
-बिनाकारण चिन्ता लागिरहन्छ, चिढचिडाहटपन बढ्छ
-यौन सम्पर्कको इच्छा कम हुन्छ
-धेरै बेरसम्म कसरत गर्न सकिदैन, ज्यान छिटो थाक्छ
-दारी र जुंगा बढ्न कम हुन्छ
-धेरै पसिना आउँछ
-स्मरण शक्ति कम हुने र एकाग्रता हराउँछ

लामो समयसम्म हाइपोगोनडिजमको शिकार हुँदा हड्डीमा पनि असर पुर्छ ।

के हो हाइपोगोनडिजम
हाइपोगोनडिजम एक विशेष प्रकारको मेडिकल परिस्थिति हो जुन बढ्दो उमेरसंगै पैदा हुने सामान्य स्थिति भन्दा अलग हुन्छ । यसको सिधा सम्बन्ध मोटोपन र मधुमेहको टाइप २ संग छ ।

आफ्नो टेस्टोस्टेरनको मात्रा थाहा पाउन रगत जचाउन सकिन्छ। यदि यसमा टेस्टोस्टेरन कम देखिए बिरामीलाई एन्डोक्राइन स्पेशलिस्टकोमा पठाइन्छ।

कम हुने कारण के हो ?टेस्टोस्टेरन पुरुषको अण्डकोषमा विकसित हुन्छ जुन पिट्युटरी ग्रन्थी र हाइपोथालामसबाट नियन्त्रित हुन्छ। यदि कुनै रोगको कारण पिट्युटरी ग्रन्थी र हाइपोथालामस प्रभावित भएमा यो हाइपोगोनडिजमको कारण बन्न सक्छ।

यसको अन्डकोषसंग सिधा सम्बन्ध हुन्छ। अण्डकोषमा चोट, त्यसको सर्जरी, क्लाइनफेल्टर सिन्ड्रोम र आनुवंशिक कारणले पनि पिट्युटरी ग्रन्थी र हाइपोथालामस प्रभावित हुन्छ सक्छ। जसले हाइपोगोनडिजमको समस्या निम्त्याउँछ।

साथै विभिन्न इन्फेक्सन, कलेजो र मृगौलाको रोग, रक्सीको लत, किमोथेरापी, रेडिएशन थेरापीको कारण पनि टेस्टोस्टेरन हर्मोनमा कमी आउँछ।