दायाँ-बाँया जान्दिनँ, अरु कुरा मान्दै मान्दिनँ

११ फागुन, काठमाडौं।

नीति तथा कार्यक्रम र बजेट मैले नै ल्याउने हो, कुरा क्लियर छ। यसमा उताउति, दायाँ-बायाँ जान्दिनँ ।’ आइतबार बिहानको दुई दलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीध कुरा राखे । ‘निर्वाचन आयोगले समय माग्ला, एक/दुई दिन यताउति होला। मधेसी नमान्लान् । जबर्जस्ती गर्ने ? एक चरणमा नभ्याइए दुई चरणमा गर्नेुपर्ने होला । दोस्रो चरणको चुना बरु तपाई नै गर्नुहोला । म पहिलो सक्नासाथ छाडिदिउँला, ‘ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कुरा राखे । आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

तर देउवाको अडान स्पष्ट थियो, ‘वैशाख मसा्तसम्ममा चुनाव सकेर तपाईले जेठ १ गते मलाई छाडिदिनुपर्छ । म अरु कुरा जान्दिनँ’ विमलेन्द्र निधि र शशांक कोइराला पनि त्यहीँ थिए। ‘नचाहिँदो कुरा नगर्नुस् न’ भनेर माओवादीले भने तर उनी चुप लागेनन्। आफूसंग २४० सिट हुँदा, पहिलो ठूलो दल हुँदा त कुर्सी छाड्न बाध्य भएका प्रचण्ड अहिले कांग्रेसको वैसाखी टेकेर वालुवाटार छिरेका हुन्। अरुसंग करारनामा गरेर, विभिन्न स्वार्थ समूहको एजेण्डा बोकेर हिँड्दा पाइने दु:ख यस्तै हो । मिति तोक्दैमा चुनाव हुनछ भन्ने के ग्यारेन्टी !

प्रहरी नेतृत्व विवादित छ । मनस्थिति बाँडिएको छ, भाँडिएको छ। मधेसीले आन्दोलन गर्दैछन् । सिके राउत यही बेला चम्किएका छन्, बिप्लवको सम्मेलन भर्खरै सकिएको छ । त्यस्तो बेला कमाण्ड कन्ट्रोल गृहमन्त्रीबाट सम्भव छ ? चुनाव भएन भने के हुन्छ ?