५ जेठ, काठमाडौं । झण्डै चार घण्टापछि चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम बाहिर आएको छ । ताजा मत परिणाम अनुसार नेकपा एमालेका देबी ज्ञवालीको अग्रता कायमै छ ।

तर नेकपा माओवादी केन्द्रकी उमेद्बार रेणु दाहालसँगको उनको मतअन्तर स्वाट्टै खसेको छ । अहिले ज्ञवाली दाहालभन्दा २ सय ३ मतले अगाडि छन् ।

ज्ञवालीले १३ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् भने दाहालले १३ हजार ४ सय ३२ मत ल्याएकी छिन् । उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाहले १५ हजार ५ सय २३ मत प्राप्त गरेकी छिन् भने एमालेकी दिव्या आचार्यले ११ हजार ७ सय ३७ मत ल्याएकी छिन् ।