२ मंसीर, झापा । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेद्वार बनेका युवा नेता विश्वप्रकाश शर्माले निर्वाचन क्षेत्रलाइदेश कै नमूना क्षेत्र बनाउने घोषणा गरेका छन ।

निर्वाचन प्रचार अन्तरगतका बिभिन्न कार्यक्रमहरुमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता शर्माले विकासका अनेकन सम्भावना भए पनि यस क्षेत्रको दीगो विकासमा पहलकदमी गर्ने नेतृत्वको अभावका कारण सोचे अनुरुप विकास हुन नसकेको बताए ।

उनले मंसीर २१ को निर्वाचनमा विजयी बनेपछि आफुले यस क्षेत्र जनताको चाहना, स्थानीय आवश्यकता र क्षेत्रको संभावनालाई समेटेर व्यवस्थित र दीर्घकालिन बिकासको नयाँ अध्यायको थालनी गर्ने बताएका छन ।

उनले चन्द्रगढी ज्यामिरगढी र दुवागढीलाई औधोगिक क्षेत्र बनाउने, बाहुनडाँगी र शान्तिनगरलाई कृषी पर्यटन क्षेत्र, धाईजनलाई हेल्थ हब बनाउने, सिद्धिखोलाबाट बिद्युत उत्पादन गर्ने र झापा क्षेत्र नं. १ लाई समेट्ने गरी रिङरोड बनाएर त्यसलाई रिङरोड नं. १ नामाकारण गर्ने समेत योजना मतदाता समक्ष राखेका छन ।

शर्माले मुलुकको पुर्वी प्रवेशद्धार काकरभिट्टालाई बन्द मुक्त क्षेत्रको रुपमा बिकास गर्ने समेत बताउनु भयो । नेपालको बजेट बितरणको समय उचित नभएको भन्दै अब बजेट भाषणको समय असारमा नभएर चैतमा बनाउनु पर्नेमा जोड दिए ।

काँग्रेस उम्मेद्वार शर्माले भने– “असार साउन भनेको बर्षातको समय हो । त्यो समयमा आर्थिक बर्षको शुरुवात गर्दा बजेट कार्यान्वयनमा जटिलता आईरहेकाले अब आर्थिक बर्ष बैशाख देखी शुरु गर्नु पर्छ ।”

अहिले झापा क्षेत्र नं. १ मा काँग्रेस उम्मेद्वार शर्मासंगै बाम गठबन्धनका उम्मेद्वार माओबादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की चुनावी मैदानमा छन । झापा १ को भिडन्तलाई देशै भरि खास चासोको रुपमा हेरिएको छ ।