८ असोज, काठमाडौं ।

दसैँका लागि घर जाने विद्यार्थीलाई अग्रिम टिकट बुकिङ गर्दा छुट नदिएको र बस सञ्चालक समितिका नाममा धेरै टिकट राख्ने गरेको अनुगमनका क्रममा पाइएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको बजार अनुगमनका क्रममा पश्चिम नेपाल बस व्यवसायी सङ्घलाई उक्त निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।

ticket

त्यसैगरी सार्वजनिक भेरी यातायात समिति नयाँ बसपार्क काठमाडौँ, राप्ती अञ्चल सार्वजनिक व्यवसायी समिति नयाँ बसपार्क, पासाङल्हामु यातायात सेवा समिति बालाजु, अखिल नेपाल यातायात व्यवसायी सङ्घलाई पनि सरकारले तोकेअनुसारको छुट र भाडादर मात्र लिनका लागि विभागले निर्देशन दिएको छ ।