१३ भदौ, टिकापुर ।

कैलालीको टिकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ ।प्रसासनले कफर्यु लगाए पनि मानिसहरु बजारमा हिडडुल गरीरहेको देख्न सकिन्छ । घटना भएको दिनमा तनाबको स्थीति भए पनि अहिले दुबै समुदायका मानिसहरुले सदभाव कायम गर्नु पर्ने बताएका छन ।

 Tikapur

स्थानिय मानिसहरुले टीकापुरलाई पुरानै अवस्थामा ल्याउन माग गरेका छन । लगातारको बन्दले टीकापुर क्षेत्रमा दैनिक उपभोग्य बस्तुको समेत अभाब हुन थालेको छ ।सामाजिक सदभाव कायम गर्न जति सक्दो छिटो सदभाव र्याली आयोजना गर्नु पर्ने दुबै समुदायले माग गरेका छन ।