विकाश श्रेष्ठ ।

श्रम राज्यमन्त्री राज्य मन्त्री टेक बहादुर गुरुङ र उनका कोरियाली समकक्षी को योङ सुनले श्रम सम्झौता नविकरणमा हस्ताक्षर गरेका छन् ।

सन् दुइ हजार सातमा इपिएस लागू भएयता कोरिया र नेपालबीच भएको यो चौथो श्रम सम्झौता हो । श्रम सम्झौता नविकरण हस्ताक्षरका क्रममा राज्य मन्त्री गुरुङले समकक्षी सुनसँग नेपाली कामदारको कोटा वृद्धि, फ्रि टिकट, कन्स्ट्रक्सन क्षेत्रमा नेपाली कामदार ल्याउन आग्रह समेत गरेका छन् ।

Tek Bdr Gurung Korea  (1)
त्यसैगरी राज्य मन्त्री गुरुङ र कोरियाका साना तथा मझौला कम्पनीका रोजगारदाताबीच भेटघाट तथा अन्तर्क्रिया हुने भएको छ ।

यस अघि मन्त्री गुरुङले बिहीवार कोरियाको मानव संशाधन विभाग प्रमूख एचआरडीका प्रमूख प्राध्यापक डाक्टर योङ बुम पार्कसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा आफुले एचआरडी प्रमूख पार्कसँग नेपाली कामदारको कोटा वृद्धि, उमेर हदबन्दी वृद्धि, निर्माण क्षेत्रमा पनि कामदार ल्याउन र फ्रि टिकटको बारेमा कुरा राखेको जानकारी राज्य मन्त्री गुरुङले नेपाली हेडलाइन्ससँगको कुराकानीमा दिएका छन् ।

Tek Bdr Gurung Korea  (2)

राज्य मन्त्री गुरुङले पार्कसँग निर्माण अर्थात कन्स्ट्रक्सन क्षेत्रका लागि खाडि तथा अरब मुलुकमा काम गरि फर्केका अनुभवि नेपाली कामदार पठाउन नेपाल तयार रहेको बताएका थिए । सो क्रममा पार्कले सकरात्मक प्रतिक्रिया जनाएको र त्यस बारेमा सरकारसँग कुरा राख्ने जानकारी राज्यमन्त्रीलाई गराएका थिए । यद्यपी पार्कले फ्रि टिकट सम्बन्धी नियम इपिएसमा नभएको र इपिएस अन्य पन्ध्रमा मुलुकसँग पनि भएकोले फ्रि टिक लागू गर्न कठिनाई हुने बताएका छन् । त्यस्तै उमेरको हदबन्दी वृद्धि गर्न पनि सरकार तत्काल तयार नहुने पार्कले बताएका छन् ।

Tek Bdr Gurung Korea  (3)

एचआरडी प्रमूखसँगको भेटमा राज्यमन्त्री गुरुङले अनलाइन मार्फत परिक्षा फर्म भर्ने व्यावश्था मिलाउन आग्रह गरेका थिए । त्यस्तै नेपालका विभिन्न स्थानबाट परिक्षा फर्म भर्न काठमाण्डौ परिक्षा फाराम भर्ने केन्द्र तोकिएका शहरहरुमा आउन युवाहरुलाई कठिन,धेरै समय तथा खर्चिलो भएकोले अनलाइन सिस्टमबाट फर्म भर्ने व्यावश्था मिलाउन आग्रह गरिएको राज्य मन्त्री गुरुङले बताए ।

यसैबीच राज्यमन्त्री गुरुङ सहितको टोलीले बिहीवार केबीआइजी प्रशिक्षण केन्द्र भ्रमण तथा निरिक्षण गरेका छन् । प्रशिक्षण केन्द्रमा इपिएस मार्फत कोरिया प्रवेश गरेका नयाँ कामदारलाई स्वास्थ्य, कोरियाको काम, भाषा, सँस्कृति, रहनसहन, कानुन, बिमा लगायतका बारेमा जानकारी दिने गरिन्छ ।

Tek Bdr Gurung Korea  (4)

प्रशिक्षण केन्द्रका रहेका नेपाली प्रशिक्षक वाङदी लामाले राज्यमन्त्री गुरुङ नेतृत्वको टोलीलाई स्वागत गरेका थिए । त्यस्तै राज्यमन्त्री गुरुङले नेपाली प्रशिक्षार्थी सँग भलाकुसारी तथा खाना सँगै खाएका थिए ।