५ कात्तिक, एजेन्सी । भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । माल बहाक ट्रक सडकमा गलत ठाँउबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

महाराष्ट्रको राजधानी सहर मुम्बई देखि ३६५ किलोमिटर टाढा पर्ने साङली जिल्लाको तासागौन नजिकै दुर्घटना भएको बताइएको छ । मृत्यु भएका र घाइते भएका सवै जना दुर्घटना भएका बेला ट्रकमै सवार थिए । मालबहाक ट्रकमा यात्रा गर्ने चलन भारतमा सामान्य मानिन्छ ।

दुर्घटन लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरेको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।