१३ असार, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार दुर्घटनामा परी नौ जना व्यक्ति घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रोबस एकापसमा ठोक्किँदा नौजना घाइते भएका हुन । घाइते नौजनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।