३ साउन, एजेन्सी।

अमेरिकाको क्लिभल्याण्डमा रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको विरुद्ध फोटोसुट भएको छ। स्पेन्सर ट्युनिकले गरेको फोटोसुटमा सय भन्दा बढी महिलाले नग्न फोटोसुट गराएका छन्।artist Spencer Tunick photoshoot  in cleveland 116625715

यी महिलाका हातमा ऐना लिएको नग्न तस्बिर ८ नोभेम्बरमा हुने चुनाव अघि सार्वजनिक गरिनेछ। फोटोसुट सोही ठाउँमा गरिएको छ जहाँ सोमबार रिपब्लिकन नेशनल कन्भेन्सन हुँदैछ।

artist Spencer Tunick photoshoot  in cleveland 1192012215

ट्युनिकले आफ्नो वेबसाइटमा लेखेका छन् कि हातमा सीसा लिएका महिलाले आजको सोच र अगाडी बढ्ने दृष्टीकोण राख्ने महिलालाई दर्शाउँछ।artist Spencer Tunick photoshoot  in cleveland 117949615

ट्युनिकका दुई छोरी छन् र तिनलाई पनि रिपब्लिकन पार्टीको तर्फबाट महिलाको विरुद्ध प्रयोग गरिएको घृणा भरिएको भाषा मनपरेको छैन। फोटो सुटमा भाग लिने ५५ वर्षीया मापो किनोर्ड भन्छिन् हामीलाई डर बिना र खुलेर आफ्नो कुरा राख्न जरुरी छ।artist Spencer Tunick photoshoot  in cleveland 118123515

१८ वर्षीया मार्निग राबिसन आफ्नो आमासंग यो फोटोसुटमा भाग लिइन्। उनी कलेज सुरु हुनु अघि केही फरक गर्न चाहन्थिन् जसमा स्वतन्त्र भएर आफुलाई व्यक्त गर्न सकियोस्। समाजमा महिलालाई कसरी रहनु पर्छ यसमाथी रिपब्लिकनको आफ्नो मत होला तर म सहमत छैन, उनी भन्छिन्।

artist Spencer Tunick photoshoot  in cleveland 1202385915