२७ असोज,काठमाडौं । महानगरीय प्रहरी वृत्त कमलपोखरीले ठूलो परिमाणमा पटाकासहित एकजना पक्राउ गरेको छ ।

वृत्तले शुक्रबार पत्रकार सम्मेलन गर्दे काठमाडौका विभिन्न स्थानमा पटाका बितरणका लागि उपलव्ध गराउने भारत विहार घर भएका राम किशोर प्रसाद यादवलाई सार्वजनिक गरेको हो ।

यादवले तीहारलाई लक्षित गर्दे भारतबाट उक्त पटक तथा भुईचम्पा ल्याएको हुन सक्ने अनुमान गरेको छ । ठूलो पटाका, झीरझीरे, आलुबम , फुलझाडी लगाएतका लाखौ रुपैया बराबरको पटाका नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पक्राउ गरेकालाई थप अनुन्धानका लागि अघि बढाईएको प्रहरीले जनाएको छ । तिहार आएसंगै मुलुकभर प्रहरीले पटाका वरामद गर्दे आएको छ ।