२८ साउन, काठमाडौं । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले डाक्टर गोविन्द केसीले भोलीसम्म अनसन तोड्ने दावी गरेका छन् ।
काठमान्डौमा भएको कार्यक्रममा उनले डा केसीका माग पूरा भईसकेकाले अनसन तोडिने बताए ।

मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपनि केसीले अनसनलाई निरन्तरता दिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

उनले डाक्टर केसीलाई झिना मसिना विषयमा अल्झेर अनसन नबस्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले आफु शिक्षा मन्त्री भएपछि डा केसीका माग पुरा हुने गरी चिकित्सा शिक्षा विधेयक पारित गराउन पहल गरेको दावी पनि गरे ।