१४ चैत, एजेन्सी ।

तपाइँलाई ढाड दुख्ने समस्या छ ? छ भने निक्कै सजिलो उपचार प्रणाली पत्ता लागेको  छ । हालै गरिएको एक अनुसन्धानले एक प्रकारको दिमागी अभ्यासले ढाड दुख्ने समस्या समाधान हुने पुष्टी गरेको छ ।

अनुसन्धानकर्ताहरुले ‘माइण्डफुलनेश’ भनिने दिमागी अभ्यास पद्धतीलाई अन्य ढाड दुखाइका उपचार तथा थेरापीसँग तुलना गरेका थिए ।

back pain

दिमागलाई एकाग्र गरेर गरिने यो अभ्यासले दुखाइ सहने क्षमता बढाइदिने र विस्तारै दुखाइ अनुभव हुन छोड्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

३४२ जनामा गरिएको यो अध्यनमा २० दखि ७० जना ढाड दुख्ने समस्या भएका विरामीहरु नियमितरुपमा परीक्षणमा सहभागी भएका थिए ।

छ महिनापछि यो उपचार पद्धतीले अन्य विधी भन्दा तुलनात्मकरुपमा निक्कै राम्रो परिणाम दिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

back pain 1

यो उपचार विधीमा मस्तिस्कलाई ढाडको दुखाइबारे एक प्रकारको तालिम नै दिइन्छ । जसले गर्दा ढाड दुखाइको अनुभव कम हुँदै जान्छ ।

चिनीले ठीक गर्छ फुटेको कुर्कुच्चालाई, कसरी? जान्नुहोस् अन्य ३ घरेलु तरिका…

यी ७ खानेकुराले गर्छ घाँटी दुखाइ कम

यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो