यदि कोही व्यक्ति धेरै वा कम समय सुत्छ भने त्यसको असर उसको मोटोपनमा देखिन थाल्छ । अध्ययनकर्ताअनुसार, यदि कुनै व्यक्तिको परिवारमा मोटोपनको इतिहास छ भने उसको सुताइको ढंगले तौल बढ्ने खतरा निम्तिने हुन्छ।

‘ग्लासगो विश्वविद्यालय’को एक अध्ययनमा आनुवांशिक तवरले यदि कसैमा मोटोपनको खतरा हुँदैन भने उसको सुत्ने र शरिरको तौलबीच कुनै सम्बन्ध नहुने पत्ता लागेको छ।

वैज्ञानिकहरुले सात घण्टा भन्दा कम र नौ घण्टा भन्दा बढी सुत्दाको असरबारे अध्ययन गरेका हुन।

सामान्य निन्द्रा लिने व्यक्तिको तुलनामा धेरै सुत्ने व्यक्तिमा ४ केजी र कम सुत्ने व्यक्तिमा २ केजीसम्म वजन बढ्ने पत्ता लागेको छ । आनुवांशिक रुपबाट मोटोपनको खतरा भएका व्यक्तिमा मात्र यसरी तौल बढेको देखिएको हो।

१ लाख २० हजार मानिसमा गरिएको अध्ययन पश्चात यस्तो नतिजा निकालिएको हो।

डाइटिङले होइन, निन्द्राले घटाउँछ तौल – ‘इन्स्टीट्यूट अफ कार्डियोभ्यास्कुलर एन्ड मेडिकल साइन्सेज’सँग जोडिएका चिकित्सक ‘ज्यासन गिल’का अनुसार, आनुवांशिक रुपले मोटोपनको खतरा झेलिरहेका मानिस यदि कम वा धेरै सुत्ने गरेमा यसको प्रतिकूल असर उनीहरुको शरीरको तौलमा पर्ने देखिएको छ । त्यसैले ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने र करिब ८ घण्टा सुत्ने मानिसको तौल स्थिर अनि सन्तुलित हुन्छ।

यो पढ्नुस।

एउटा विधि: यसरी घटाउँछन् जापानीहरु आफ्नो तौल

रातमा गरिने यी ९ गल्तिले तौल बढ्छ