एजेन्सी । युक्रेनमा तीन व्यक्तिको ‘इन भिट्रो फर्टिलाइजेसन’ आइभीएफबाट एउटा स्वस्थ बच्चाको जन्म भएको छ । जुन जोडीलाई सन्तान प्राप्त भएको छ, उनीहरु सन्तान जन्माउन असमर्थ थिए । तर, उनीहरुले नयाँ प्रविधिबाट आमा–बुबा बन्ने सौभाग्य पाएका छन् । यो बच्चाको जन्म ५ जनवरीमा भएको हो ।

baby

खबरअनुसार, युक्रेनको राजधानी किएफमा चिकित्सकले जुन प्रविधिको प्रयोग गरेर बच्चाको जन्म दिए त्यसलाई ‘प्रोनक्लियर ट्रान्सफर’ भनिएको छ । यस प्रविधिमा आईवीएफ प्रजनन महिलाको अंडाणुलाई शल्यक्रिया गरी बाहिर निकालिन्छ र प्रयोगशालामा स्पर्मको प्रयोग गरी प्रजनन् गरिन्छ ।

एक महिला गम्भिर रुपले आनुवांशिक गडबढीबाट पीडित थिइन् । उनी आइटोकोन्ड्रियाबाट पीडित थिइन् । यस्तो अवस्थमा चिकित्सकले महिलालाई मद्दत गर्नका लागि तीन व्यक्तिको आईवीएफ विकास गरे, जसमा एक स्वास्थ्य बच्चा जन्मन सक्छ ।

माइटोकोन्ड्रिया भएको आमाको अंडाणुसँग एक स्वस्थ्य मायटोकोन्ड्रिया दाताको अंडाणुलाई एकत्रित गरियो । परिणाम स्वरुप तीन व्यक्तिको डीएनएबाट एउटा स्वस्थ्य बच्चाको जन्म भयो । यस्तो पहिलो पटक भएको भने होइन ।