१४ असोज, बिराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिहार अगावै संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

साउदीले बढाएको भिषा शुल्क भोलीदेखि लागू हुने

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतोले तिहार अगाडिनै संविधान संसोधन प्रस्ताव संसदमा दर्ता नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् । उनले सत्तारुढ माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेको आरोप समेत लगाए ।

पाकिस्तानले सीमा क्षेत्रमा पत्रकार लग्यो

एमालेले दिँदैन भन्ने बाहाना बनाएर कांग्रेस र माओवादी नै जालझेल गर्ने खेलमा लागेको महतोको आरोप छ । मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै महतोले यस्तै अबस्था रहे आन्दोलन गर्ने चेतावनी पनि दिए । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु पर्ने र बाधक बने मधेसवाट एमाले सकिने महतोको दावी छ । महतोले संविधान संशोधान नगरी चुनाव हुन नदिने पनि बताए ।