८ माघ, काठमाडौं ।
प्रमुख तीन दलबीच वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र आगामी मंसिरभित्र तीन निकायकै निर्वाचन गर्ने सहमति भएपछि मधेसी मोर्चाले असन्तुष्टि व्यक्त गरेको छ ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयकलाई पाखा लगाउदै तीन दलले द्धन्द्ध निम्त्याउन खोजेको निष्कर्ष निकालेको हो । मधेसी मोर्चाका एक नेताले भने,‘हाम्रो स्पष्ट माग छ संविधान संशोधन गर्नुपर्छ, तर ठूला तीन दल विधेयकलाई पन्छाउदै निर्वाचनको मिति घोषणा गर्न दौडिएका छन ।’

उनले मधेसी मोर्चाको सहमति विना कुनै पनि निकायको निर्वाचन हुन नसक्ने पनि चेतावनी दिएको छ । सरकार संविधान संशोधन विधेयक कसरी अगाडि बढाउने भन्नेमा अलमलमा देखिएको छ ।

सरकारले मधेसी मोर्चालाई विधेयक पारित हुने आवश्वासन दिएपनि तत्काल निर्वाचनमा जाने सरकारको तयारीले मोर्चा थप शंसंकित भएको छ । एमालेको विरोधको विरोधको बाबजुध पनि सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेपनि प्रक्रिया अगाडि बढाएको छैन् ।