हिजोआजको व्यस्त जीवन–शैलीमा आफुबारे ध्यान दिन भ्याउन छोडी सकियो । आनन्द अर्को बाटो लाग्छ, तर तनाव र चिन्ता हामी भएको बाटो तिरै आउँछ । तनाव र चिन्ता भन्ने कुरा बोलाएर वा निम्त्यएर आउने होइन । यस्तो तनावले आनन्दको निन्द्रा पर्न पनि दिँदैन ।

tej-pat

हिजोआज, आफूलाई तनावमूक्त बनाउँन स्पाको खुब साहारा लिने गरिएको छ । यसमा पैसा पनि निकै जान्छ तर, के तपाईलाई स्पाले जत्तिकै काम गर्ने तेज पत्ताको बारेमा थाहा छ ? छैन भने थाहा पाउनुहोस् ।

तेज पत्ताले खानालाई सुगन्धित गर्ने मात्र होइन, हामीभित्र रहेको तनावलाई पनि टाढा भगाउँछ । यो भनाई मात्र होइन, रुसका एक वैज्ञानिकले अध्ययन गरे र यसलाई प्रमाणित पनि गरेका छन् ।

tej

एउटा तेज पत्ताको पातलाई कुनै टोकरीमा जलाउनुहोस् र त्यसलाई सुत्ने कोठाभित्र १५ मिनेटका लागि राख्नुहोस् । जब तेज पत्ताको बास्नाले पुरै कोठा भरिन्छ तपाईलाई आनन्द महसुस हुन्छ । यसले तपाईलाई स्पाजस्तै अनुभव दिनेछ ।

अरोमाथेरापीमा यही तेज पत्ता प्रयोग गरिन्छ । यसबाहेक तेज पत्ताले छाला र श्वाससम्बन्धि समस्याहरुलाई पनि ठिक गर्छ । यसले दाँत चम्काउँने जस्ता साना–साना काम पनि गर्छ ।