२० चैत, काठमाडौं।

तोयनाथ पञ्चाङ्ग विगत १२५ बर्षदेखि नेपालमा लोकप्रियताका साथ निरन्तर रुपमा प्रकाशित हुँदै आएको छ । प्रविधिको विकास सँगै बढ्दो नेपाली स्मार्टफोन प्रयोगकर्तालाई ध्यानमा राखी तोयनाथ पञ्चाङ्ग एंड्रोइड डिभाइसको लागि गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ।

Tyoyanath Patro (6)

यस एपमा दैनिक नेपाली पात्रो, मासिक एवं वार्षिक राशिफल, सपनाको फल, विभिन्न अवसरमा उच्चारण गरिने मन्त्र, घर एवं कार्यालयमा उपयोग गर्न सकिनेवास्तुशास्त्र, मिति परिवर्तन आदि सुबिधा राखिएको छ ।

यस एपको आइफोन भर्सन पनि विकासको प्रक्रियामा भएको र एपमा नयाँ सुविधाहरु पनि थपिंदै लगिने गुर्खा टेक्नोलोजीले बताएको छ ।

यस एप्पको विकाश चतुर्भुज प्रकाशनको सहकार्यमा गुर्खा टेक्नोलोजीले गरेको हो ।

एप्प यो लिङ्कमा गएर डाउनलोड गर्न सकिन्छ ।  https://play.google.com/store/apps/details?id=com.toyanathpatro.gurkha

पुरा तस्बिर हेर्नको लागि तस्बिरमा क्लिक गर्नुहोस्