तपाईँ पहिल्यै देखि नै दुब्लो हुनुहुन्छ, वा हालसालै तपाईँको तौल घटेको छ, कुनै न कुनै बेला तपाईँलाई आफ्नो तौल बढाउन मन लाग्नु स्वाभाविक कुरा हो। तौल बढाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय आफ्नो खानामा क्यालोरीको मात्रा बढाउनु हो। र त्यसको साथै तपाईँले अरूबेला भन्दा अलि बढी खाने बानी पनि बसाल्नुपर्दछ।

तथापी, यदि तपाईँको तौल अकस्मात घटेको छ भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुपर्दछ, किनभने त्यसरी अचानक तौल घट्नु कुनै खतरनाक समस्याको सङ्केत पनि हो।

प्राकृतिक रूपले तौल कसरी बढाउने त?
१. क्यालोरीको मात्रा बढाउनुहोस्
  • यदि तपाईँको उदेश्य तौलमा भन्दा पनि शरीर सुसंगठित बनाउनुमा छ भने, तपाईँले नियमित रूपमा प्रोटिन युक्त खाना खानु जरुरी हुन्छ। विशेष गरी शारीरिक व्यायाम पछि मात्रै प्रोटिन खानु उचित हुन्छ। कुखुराको मासु, माछा, अण्डा, गेडागुडी तथा दही जस्ता खानेकुराहरूमा प्रशस्त प्रोटिन पाइन्छ। यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने, प्रोटिनको लागि ब्रोकाउली, चना, हरियो केराउ, पनिर, बदाम, तिल, ओखर जस्ता खानेकुराहरू खान सक्नुहुन्छ।How to Increase Weight Naturally (1)
  • दैनिकी खानामा बोसोयुक्त चिज अथवा घ्यू मिसाएर खाँदा पनि त्यसबाट प्रशस्त क्यालोरी पाउन सक्नुहुन्छ। साथै, गाईभैँसीको दूध पनि प्रोटिन र क्यालोरीको राम्रो श्रोत हो।How to Increase Weight Naturally (2)
  • कहिलेकाहिँ शरीरमा क्यालोरीको मात्रालाई नियन्त्रण गर्नको लागि चकलेट पनि खान सक्नुहुन्छ।
२. खानेबानी सुधार्नुहोस्
  • दिनमा कम्तीमा पनि ३ चोटी खाने बानी बसाल्नुहोस्। शरीरमा क्यालोरीको मात्रा बढाउनको लागि दिनमा ३ चोटी खानै पर्ने हुन्छ। कसै-कसैले बिहानको खाजा नखाई बिहानको खाना र बेलुकाको खाना मात्रै खाने बानी हुन्छ। तर दिनमा ३ चोटी खानुभयो भने त्यसले तौल बढाउनमा धेरै मद्दत गर्दछ। यदि तपाईँको पेटले तपाईँलाई धेरै खान दिँदैन भने, थोरै थोरै खानुहोस् तर ३ चोटी खान नबिर्सनुहोस्।How to Increase Weight Naturally (4)
  • शरीरमा क्यालोरीको बहावलाई निरन्तरता दिनको लागि तपाईँले हरेक ४-४ घण्टामा केही न केही खाइराख्नुपर्ने हुन्छ। तर अहिलेको यस्तो महङ्गीको जमानामा हरेक ४ घण्टामा बाहिरको खानेकुरा खानु सबैको लागि सम्भव नहुन सक्छ। त्यसैले आफ्नो साथमा कुनै न कुनै किसिमको कानेकुराहरू राख्ने बानी बसाल्नुहोस्। सुकाको फलफूल (काजु, किसमिस, पिस्ता, आदि।), चकलेट (डार्क चकलेट), बदाम, भटमास, भुटेको चिउरा, भुटेको चना र केराउ जस्ता खानेकुराहरू साथमा राख्नुहोस्।How to Increase Weight Naturally (6)
  • जतिबेला पनि ठोस खाना मात्रै खाँदा पनि उचित हुँदैन, त्यसैले क्यालोरीलाई तरलको रूपमा पिउनु पनि जरुरी हुन्छ। कोकाकोला जस्ता सोडायुक्त तरल पदार्थ नपिउनुहोस्, यसले शरीरको क्यालोरीलाई जलाउँदछ, त्यसको सट्टा फलफुलको जुस, दूध, दही जस्ता क्यालोरीयुक्त तरल पदार्थ पिउनुहोस्।How to Increase Weight Naturally (7)
  • खानुभन्दा अगाडि कुनै पनि किसिमको तरल पदार्थ नपिउनुहोस्।How to Increase Weight Naturally (8)
  • नियमित हलुका शारीरक व्यायाम गर्नुहोस्।How to Increase Weight Naturally (9)
३. कारण पत्ता लगाउनुहोस्
  • तपाईँको तौल किन बढेको छैन भनेर कारण पत्ता लगाउनु सबैभन्दा राम्रो उपाय हुन आउँछ। नत्र तपाईँले जति सुकै प्रयास गरेपनि तौललाई बढाउन सक्नुहुन्न। शरीरमा कुनै किसिमको समस्याहरू हुन सक्छन्, जुन प्रत्यक्ष देखिँदैन र त्यसको लक्षण लामो समयपछि मात्रै देखिन्छ। त्यस्ता समस्याहरूलाई सजिलै चिन्न पनि सकिँदैन, त्यसको लागि एकचोटी चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।How to Increase Weight Naturally (10)

अन्त्यमा! हुन त अत्याधिक तौल बढ्नु शरीरको लागि राम्रो होइन, फेरि अत्याधिक दुब्लो हुनु पनि राम्रो होइन, आफ्नो उचाई अनुसार तौललाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ। त्यसैले दैनिकी सन्तुलन भोजन खानुहोस्, स्वस्थ खानेकुराहरू खानुहोस्, बाह्य प्याकेटका खानेकुराहरू नखानुहोस्, दैनिक व्यायाम गर्नुहोस्, तपाईँको शरीर त्यसै पनि स्वस्थ हुनेछ।

यो पनि हेर्नुहोस्-
सुतीसुती मोटोपना घटाउने ५ उपाय
के पाउरोटीले मोटोपना बढाउँछ?
५ प्रकारको तेल जसले मोटोपना घटाउँदछ
यस्तो भए हस्पिटल जान ढिला नगर्नुहोस्
मेथी खानुका फाइदा र बेफाइदा
मुटु बचाउने ७ तरिका