दिनभरको दौड–धुपका कारण हाम्रो शरीर निक्कै थाक्छ । यदि तपाई आफ्नो शरीरलाई दिनानुदिन ऊर्जाशील राख्न चाहानुहुन्छ भने आफ्नो दैनिक खानामा केही यस्ता खाद्य पदार्थ सहभागी गराउँनुहोस्, जसले तपाईको थकान वा सुस्तीलाई टाढा भगाउँछ । तर, ध्यानमा राख्नुहोला यी खाद्य पदार्थ दैनिक लिन आवश्यक हुन्छ, एक दुई पटकमा यसो असर देखिँदैन ।

१. ब्राउन राइस – चिकित्सकका अनुसार, ब्राउन अर्थात् खैरो चामल शक्तिवद्र्धक हुन्छ, कम्तिमा पनि यसलाई बेलुकाको खानामा खानुभए राम्रो हुन्छ ।

२. सख्खरखण्ड – सख्खरखण्डमा कार्बोहाइड्रेट र बीटा क्यालोरी पाइन्छ, जसले हाम्रो शरीरको थकाइलाई हटाउँछ ।

३. मह – बिशेषगरी चिसो मौसममा महले शरीरलाई बिशेष ऊर्जा दिन्छ । महले हाम्रो छालालाई पनि निक्के फाइदा गर्छ ।

४. केरा – केरामा पाइने फ्लूकोज र फाइबरका कारण तपाई माटाउँछु भन्ने डर मान्नु होला, तर दिनमा एक कोसा केरा खानाले माटाउँने नभएर शरीरलाई ऊर्जा दिन्छ ।

५. पालुंगो साग – त्यसो त हरेक प्रकारको हरियो साग सब्जी शरीरका लागि राम्रो मानिन्छ । तर, पालुंगो सागमा बढी आइरन हुने भएकाले अन्य खाद्यको तुलनामा यसले बढी शरीरलाई ऊर्जा दिन्छ । दुईपटक यसको सुप वा तरकारी बनाएर खाने गर्नुहोस् ।

६. बदाम – सुकेको वा रातमा भिजाएर बदाम खानाले मस्तिष्कलाई सक्रिय राख्छ र तपाईलाई सुस्तताबाट टाढा राख्छ ।

७. सोलमन माछा – सबै प्रकारका माछामा आइरनको मात्रा भरपूर हुन्छ, तर सोलमन माछामा आयरनको मात्रा सबैभन्दा बढी हुन्छ ।

८. अण्डा – शाकाहारी भएपनि अण्डा खाने व्यक्तिका लागि थकाई कम गर्ने सबैभन्दा राम्रो विकल्प हो ।

९. दही – दिनमा एकपटक दही खाएमा थकाईले छुँदैन भनिन्छ । बिशेषगरी, बिहानको खानामा दही खानु राम्रो मानिन्छ ।