९ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएपछि साना दलले पनि साथ छोडेका छन् । साना दलले ओलीको साथ छोडेर ओलीकै विरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भएका छन् ।

अन्तिम समयसम्म साथ दिने बाचा गरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि साथ छाडदै कांग्रेस माओवादीको प्रस्तावमा समर्थन गरेका छन् ।Vice President election PM Oli kamal thapa

राप्रपाले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने भएपछि ओलीलाई अन्तिम साथ दिने संघीयताको विपक्षमा रहेका राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राजसंस्था र हिन्दु राष्ट्र चाहिने माग गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा मात्र रहेका छन् । सरकार अल्पमतमा परेपछि ओली सरकारमा रहेका साना दलहरुले पनि भट्टाभट्टी छोडेका हुन् ।

ओलीलाई आफ्नै पार्टीभित्रबाट पनि अन्तिम समयमा आएर असहयोग भएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम र नेता माधव कुमार नेपालले पनि साथ छोडेका छन् । नेपालले एमालेमा पार्टी नभई गुटले मात्र सरकार चलाएको आरोप लगाएका छन भने गौतमले प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको बताएका छन् ।

अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले ओलीको साठगाठ संघीयता नरुचाउने र राजतन्त्र चाहिनेसँग घाँटी जोडिएको आरोप लगाएका थिए । अन्ततः ओलीको पक्षमा उनी थापा र केसी मात्र देखिएका छन् । अविश्वासको प्रस्तावको पक्षमा ३ सय ७० भन्दा बढी सांसद उभिए पनि ओलीले भने मतदान गरेर नै छिनोफानो गर्ने मनस्थितिमा रहेको वालुवाटार स्रोतले बतायो । ओलीको पक्षमा झण्डै दुई सय मात्र सांसद देखिएका छन् ।