मार्गशीर्ष शुक्ल १४देखि महाभारतको युद्ध सुरु भएको थियो । लगातार १८ दिनसम्म चलेको महाभारत युद्धमा कुन दिन के भयो ? थाहा पाउनु होस् ।

पहिलो दिन – युद्धको पहिलो दिन पाण्डवलाई भारी नोक्सान भएको थियो । विराट नरेशका पुत्र उत्तर र श्वेतलाई शल्य र भीष्मले मारिदिएका थिए । भिष्मले पाण्डवका धेरै सैनिकको वध गरेका थिए । यो दिन कौरवहरुका लागि उत्साह बढाउने र पाण्डवहरुका लागि निराशाजनक थियो ।

दोस्रो दिन – दोस्रो दिन पाण्डवहरुलाई खासै नोक्सान पुगेन । द्रोणचार्यले धृष्टद्युम्रलाई धेरै पटक हरायो । भीष्मले अर्जुन र श्रीकृष्णलाई धेरै पटक घायल बनाए । भीमले हजारौँ कलिंग र निषादलाई मारिदिए र अर्जुनले भीष्मलाई भने रोकेर राखेका थिए ।

तेस्रो दिन – तेस्रो दिन भीमले घटोत्कचसँग मिलेर दुर्योधनको सेनालाई भगाए । श्रीकृष्णले अर्जुनलाई भीष्मको बध गर्न भने, तर अर्जुनले सकेनन्, जसले गर्दा श्रीकृष्ण स्वयंले भीष्मलाई मारिदिए र अर्जुनलाई पुरै उत्साहका साथ युद्ध लड्नुपर्छ भन्ने सिकाए ।

चौथो दिन – भीमले कौरव सेनामा हाहाकार मच्चाइदिए । दुर्योधनले आफ्ना गजसेना भीमलाई मार्न पठाए, तर घटोत्कचको साथ मिलेर भीमले सबैलाई मारिदिए । भीष्मसँग अर्जुन र भीमको घमासान युद्ध चल्यो ।

पाँचौ दिन – यो दिन भीष्मले पाण्डव सेनामा खल्लीबल्ली मचाए । भीष्मलाई रोक्नका लागि अर्जुन र भीमले उनीसँग युद्ध गरे । सात्यकिले द्रोणचार्यलाई रोकेर राखेका थिए, भिष्मले सात्यकिलाई युद्धबाट भाग्न बाध्य बनाए ।

छैटौँ दिन – यो दिन पनि दुवै पक्षबीच भयंकर युद्ध भयो । दुर्योधन क्रोधित भइरहे, तर भीष्मले उसलाई आश्वासन दिइरहे र पाँचाल सेनालाई मारिदिए ।

सातौँ दिन – सातौँ दिनमा अर्जुन कौरव सेनामाथि हावी भए । धृष्टद्युम्र दुर्योधनलाई युद्धमा हराए । दिनको अन्त्यतिर भीष्म पाण्डव सेनामाथि हामी हुन्छन् ।

आठौँ दिन – भीष्म पाण्डव सेनामाथि हावी भए । भीमले धृतराष्ट्रका आठ पुत्रहरुको वध गरिदिए, राक्षस अम्बलुषले अर्जुन पुत्र इरवानलाई मारिदिन्छन् । दिनको अन्त्यतिर भीमले धृतराष्ट्रको नौ पुत्रहरुलाइृ मारिदिन्छन् ।

नवौँ दिन – दुर्योधनले भीष्मसँग कर्णलाई युद्धमा ल्याउन भने । तब भीष्मले श्रीकृष्णलाई युद्धमा शस्त्र उठाउनका लागि विवस गर वा एक पाण्डवको बध गरिदिन्छौँ भन्ने धम्कि दिए । युद्धमा भीष्मलाई रोक्नका लागि श्रीकृष्णलाई आफ्नो प्रतिज्ञा तोड्नु परेको थियो र शस्त्र उठाए । यही दिन भीष्मले पाण्डव सेनाको अधिकांश भागलाई समाप्त पारेका थिए ।

दशौँ दिन – यो दिन पाण्डव श्रीकृष्णले भनेअनुसार भीष्मसँग उनको मृत्यको उपाय बताउँछन् । भीष्मले बताए अनुसार, अर्जुन शिखंडीलाई अगुवा गरेर भीष्ममाथि बाण चलाउँछन् । अर्जुनको बाणबाट भीष्म बाणहरुको शय्यामाथि ढल्छन् ।

एघारौँ दिन – कर्ण युद्धमा आएका थिए । कर्णले भनेर द्रोणाचार्यलाई सेनापति बनाए । दर्योधन र शकुनि द्रोणसँग युधिष्ठिरलार्य बन्दी बनाए युद्ध सकिने बताएका थिए । दुर्योधनको योजना अर्जुनले पुरा हुन दिँदैनन् । कर्ण पनि पाण्डव सेनालाई वध गर्छन् ।

बाह्रौँ दिन – युधिष्ठिरलाई बन्दी बनाउँनका लागि शकुनि र दर्योधन अर्जुनलार्य युधिष्ठिरसँग टाढा राखेका थिए, तर अर्जुन समयमै पुगी युधिष्ठिरलाई बन्दी हुनबाट बचाएका थिए ।

तेह्रौँ दिन – यो दिन दुर्योधनले राजा भगदत्तलाई अर्जुनसँग युद्ध गर्न पठाए । भगदत्तले भीमलाई हराए, अर्जुनसँग युद्ध गरे । श्रीकृष्णले भगदत्तको वैष्णवस्त्रलाई उनिमाथि फ्याकेर अर्जुनको रक्षा गरे । अर्जुनले भगदत्तलाई मारिदिए । द्रोणले युधिष्ठरका लागि बुनको चक्रव्युहमा परेर अभिमन्युको मृत्यु भयो ।

चौधौँ दिन – युद्धको चौधौँ दिन द्रोणले द्रुपद र विराटलाई मारिदिएका थिए ।

पन्ध्रौँ दिन – यो दिन पाण्डव छलबाट द्रोणचार्यले अश्वत्थामाको मृत्युको खबर सुनेर समाधि लिएका थिए । धृष्टद्युम्रले द्रोणको सिर काटेर वध गरिदिन्छन् ।

सोह्रोँ दिन – यो दिन कर्णलाई सेनापति बनाएका थिए । कर्णले नकुल र सहदेवलाई हराएका थिए, तर कुन्तीलाई दिएको वचनका कारण मार्न भने सकेनन् । यही दिन पाण्डव सेनाको भयंकर वध गरिएको थियो । भीमले दुश्सासनको वध गरिदिए र उसको छातीको रगत पिउँछन् ।

सत्रौँ दिन – कर्णले नकुल र सहदेवलाई हराएका थिए, तर कुन्तीलाई दिएको वचनका कारण मार्न भने सकेनन् । युद्धमा कर्णको रथको पांग्रा जमिनमा भासिएको मौका पारेर श्रीकृष्णको आज्ञामा अर्जुनले कर्णको वध गरेका थिए । फेरि शल्य प्रधान सेनापति बने, सलाई युधिष्ठिरले मारे ।

अठारौँ दिन – यस दिन भीमले दुर्योधनकाबीच सबै दाजुभाईलाई मारिदिन्छन् । सहदेवले शकुनिलाई मारिदिए । आफ्नो पराजय भएको मान्दै दुर्योधन एक तलाउमा लुके, तर पाण्डवद्धारा दिइएको चुनौतीका लागि भीमसँग युद्ध लड्छन् तर, भीमले छल गरी दुर्योधनलाई प्रहार गरी मृत्यु दिन्छन् । यसरी पाण्डवको विजय भएको थियो ।