८ फागुन, एजेन्सी।

दक्षिण चिनियाँ सागरलाई लिएर अमेरिका-चीनबीच विवाद बढ्ने देखिएको छ। अमेरिकाले दक्षिण चिनियाँ सागरमा पेट्रोलिङको लागि एयरक्राफ्ट क्यारियर शिपको समुह नै पठाएको छ। यो भन्दा अधि चीनले दक्षिण चिनियाँ सागरमा आफ्नो सम्प्रभुता कायम राख्ने विषयलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो।

अमेरिकाले शनिबार एयरक्राफ्ट क्यारियर युएएसए कार्ल विन्सन समेतका जहाजको ठूलो समुह दक्षिण चिनियाँ सागर तर्फ पठाएको हो।

स्ट्राइकर ग्रुपका कमान्डर रियर एडमाइरल जेम्स किल्बी भन्छन् , ‘प्रशान्त महासागरमा हामीले कयौं हप्ता अभ्यास गरेका छौ। यसले हामीलाई फाइदा पुर्याउने छ।’

नेभी न्यूज सर्भिसको अनुसार किल्बीले भने, ‘हामी आफ्नो क्षमता देखाउन तयार छौ। इन्डो-एसिया-प्यासिफिकमा सहयोगी देश पनि हाम्रो साथमा छन्।’

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाले दक्षिणी चिनियाँ सागरलाई लिएर आफ्नो इच्छा दर्शाएको थियो। ह्वाइट हाउसका प्रेस प्रवक्ता सन स्पाइसरले भनेका थिए, ‘दक्षिणी चिनियाँ सागरमा जति द्वीप छन्, त्यसमा पुरै दुनियाँको हक छ। केवल चीन त्यसमा धाक जमाउन सक्दैन।’

दक्षिणी चिनियाँ सागर अन्तर्राष्ट्रिय जलको हिस्सा भएको बताउँदै अमेरिकाले अमेरिकाको मात्र नभइ अन्तराष्ट्रिय हितको पनि रक्षा गर्ने बताएको थियो।

अमेरिकाको यस्तो भनाइपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले भनेका थिए, ‘दक्षिणी चिनियाँ सागरमा अमेरिका हकदार छैन। उ यो मुद्धबाट टाढा रहनु पर्छ।’

दक्षिणी चिनियाँ सागरमा चीनको निर्विवाद एकाधिकार भएको चीनले दाबी गरेको छ।

चीनले यस्तो दाबी गर्दा गर्दै अमरिकाले जबरजस्ती आफ्नै सामुन्द्री क्षेत्रमा जानबाट चीनलाई नै रोक्छ भने दुई देश बीच विवाद बढ्ने विज्ञ बताउँछन्। यस्तो गर्नु युद्धको आह्वान गर्नु जस्तो हुने अन्तराष्ट्रिय विज्ञ बताउँछन्।

के हो विवाद ?
दक्षिणी चिनियाँ सागरको ३५ लाख वर्ग किलोमिटर क्षेत्र विवादित छ। यसमा चीन, फिलिपिन्स, भियतनाम, मलेशिया, ताइवान र ब्रुनेईको दाबी छ। दक्षिणी चिनियाँ सागरमा ग्यास र तेलको ठूलो भण्डार छ। अमेरिकाको अनुसार, यस क्षेत्रमा करिब २१३ अरब तेल र ९०० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यांको भण्डार छ। साथै समुन्द्रको यो बाटो हुँदै यो वर्ष ७ ट्रिलियन डलरको व्यापार हुन्छ।