१५ चैत, लाहोर (पाकिस्तान) ।

पाकिस्तानको अतिव्यस्त एक पार्कमा आइतबार विस्फोट हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेट नजिक आइतबार बेलुका विस्फोट भएको हो । विष्फोटको केही समयमै पार्कमा यत्र तत्र मानिसका शव छरिएको आफूले देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

आत्मघाती आक्रमणमा मारिने मध्ये अधिकांश बालबालिका र वालवालिका रहेका छन् । क्रिश्चियनहरुले मनाउने इस्टर पर्व मनाउन परिवारसहित पार्कमा जम्मा भएकाहरु आत्मघाती आक्रमणको शिकार भएका थिए ।

Pakistan Blast 1

Pakistan Blast 2

आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

Pakistan Blast 3

विस्फोट लगतै भागदौड मच्चिएको र त्यसक्रममा धेरै बालबालिका आफ्ना आमाबाबुबाट छुट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । पाकिस्तानका राष्ट्रपति ममनुन हुसैनले घटनाको भत्सर्ना गरेका छन् ।

घटनापछि पञ्जाब सरकारले तीन दिने शोकको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आक्रमणको निन्दा गरेकाा छन् ।

पाकिस्तान बिमानस्थलमा सङ्कटकाल घोषणा