१५ फागुन, काठमाडौं ।

निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आव्हान गरेको छ । आयोगले आज विज्ञप्ती निकालेर फागुन १८ गतेसम्ममा आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताका लागि निवेदन दिन आव्हान गरेको हो ।

निवेदनको ढाँचा आयोगको वेब–साइट www.election.gov.np बाट डाउनलोड गर्न वा आयोगको कार्यालयबाट प्राप्त गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

दल दर्ता गर्दा आवश्यक पर्ने विवरणः
(क) राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना,
(ख) राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको संख्या,
(ग) राजनीतिक दलको संगठनात्मक स्वरूप,
(घ) राजनीतिक दल दर्ताको लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र,
(ङ) राजनीतिक दलको आधिकारिक छापको नमूना ।

१. राजनीतिक दलले निवेदन दिंदा वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
२. राजनीतिक दलले स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा
३. द्वारा निर्धारित शर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनु पर्नेछ ।
४. निर्वाचन प्रयोजनका लागि निवेदन पेश गर्न सार्वजनिक बिदाका दिनमा समेत आयोगको कार्यालय खुला रहनेछ ।
५. यस सम्बन्धी थप जानकारीको लागि आयोगमा सम्पर्क राख्न सकिनेछ ।

आयोगले २०७३ साल पुस २५ गतेको सूचना अनुसार क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाएका राजनीतिक दलले यो सूचना बमोजिम निवेदन दिन छुट भएमा समेत त्यस्ता दलहरू नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनको लागि दर्ता भएको मानिने जनाएको छ ।

यसरी दर्ता हुने राजनीतिक दलले नेपालको संविधान र प्रचलित कानूनले व्यवस्था गरेका शर्तहरू पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नु पर्ने आयोगले स्पष्ट पारेको छ ।

१. राजनीतिक दल सम्बन्धी विवरण

राजनीतिक दलको पूरा नाम संक्षिप्त नाम  स्थापना भएको मिति  प्रधान कार्यालयको ठेगाना पत्राचार गर्ने ठेगाना  टेलिफोन नं. इ–मेल ठेगाना  वेभ साइट
               

२. दलको महाधिवेशन भएको मिति र स्थान :
३. दलको संगठनात्मक स्वरूप :
४. दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या :
५. आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति :
६. दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्ला कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मिति …………………….. केन्द्र …………………… प्रदेश …………………. जिल्ला

पेश गर्नु पर्ने विवरणहरुः

(क) दलको आधिकारिक छापको नमूना
(ख) दलको झण्डा
(ग) दलको चिन्ह (लोगो)
(घ) केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई अधिकार दिएको पत्र ।
माथि लेखिएको व्यहोरा सत्य भएको घोषणा गर्दछु ।

……………………..राजनीतिक दलको छाप

राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको
पद :
नाम, थर :
दस्तखत :

आयोगले आजै स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइ गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा रहेको कागज (White Printing Paper)  प्रयोग गर्ने निर्णय पनि गरेको जनाएको छ ।