एजेन्सी । तपाई खाना खाएपछि दिउँसो सुत्ने गर्नुभएको छ ? त्यसो हो भने तपाईलाई दुखको खबर छ । दिउँसोमा एक घण्टा भन्दा बढी निदाउनु टाईप टु डाईबिटिजको संकेत हुनसक्ने जापानी अनुसन्धानकर्ताले बताएका छन् ।

_91197673_thinkstockphotos-518175201

३ लाख भन्दा बढी मानिसमा गरिएको अध्ययनपछि अनुसन्धानकर्ताले यस्तो बताएका हुन् । टोकियो विश्व विद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनमा दिउँसोको समयमा ६० मिनेट भन्दा बढी सुत्दा टाईप टु डाईबिटिजको जोखिम ४५ प्रतिशतले बढेको देखिएको हो । ४० मिनेट भन्दा कम सुत्ने हरुमा भने त्यस्तो कुनै जोखिम नदेखिएको अध्ययनकर्ताले बताएका छन् ।

शास्त्र भन्छः यस्ता महिलाको पेटले बताउँछ उनीहरुको गोप्य कुरा

रातीमा निद्रा बिथोलिने कारणले दिउँसोमा बढी सुत्ने र सुत्ने बानीमा परिवर्तन वा समस्या आउँदा ह्रृदयाघात लगायतका मुटुसंग सम्बन्धित समस्या आउने अध्ययनकर्ताले बताएका छन् । कामका कारण वा परिवर्तित जीवनशैलीका कारण सुत्ने बानीमा परिवर्तन आउँदा खानेबानीमा परिवर्तन आउने र मधुमेहको जोखिम हुने उनीहरुको भनाई छ ।