क्याल्सियम पाइने हुदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु फाइदाजनक मानिन्छ । साथै दुध नपिउनुको पनि आफ्नै फाइदा छन् । दुध तथा दुधबाट बनेका खानेकुरा मानव शरिरको लागी आवश्यक हुदैन । किनकी क्याल्सियम दुधबाट मात्र नभइ अन्य खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ । युएसए नेचुरल जर्नल अफ पव्लिक हेल्थले गरेको एक अनुसन्धानले दुध नपिउनुका फाइदाबारे पुष्टि गरेको छ ।

तर यो १४ वर्षभन्दा मुनिका बालबालीकाको लागी भने लागु हुने छैन ।

१. दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ । दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्ने तथा पखाला लाग्ने समस्या हुन सक्छ ।

२. अध्ययनमा भेटिए अनुसार दुधमा पाइने एनाबोलीक स्टाइरसको कारण अनुहारमा डन्डिफोर आउने समस्या हुन्छ । दुध पिउन छोडेमा यसबाट छुटकारा पाउन सकिन्छ ।

३. दुध नपिउनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ । अनुसन्धानमा भेटिए अनुसार दुधबाट बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुन सक्छ ।

४. दुधले रगतमा चिनीको मात्रा बढाइदिन्छ । त्यसैले दुध पिउन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न सकिन्छ ।

५.  एक ग्लास दुधमा करिब २४ मिलीग्राम भन्दा बढि मात्रामा कोलेस्ट्रोल हुन्छ । दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ ।

६. दुधमा २० प्रतिशतभन्दा बढि सेन्चुरेटेड फ्याटको मात्रा हुन्छ । यदि दुध पिउन छोड्नु भयो भने मोटोपनबाट बच्न सकिन्छ ।

७. मिल्क एलर्जीबाट बच्न सकिन्छ । दुध नपच्ने व्यक्तिले दुध पिएमा वान्ता हुने तथा एलर्जी हुने समस्या उत्पन्न हुन्छ ।

८. दुध पिउन छाडेमा अनावस्यक रुपमा पेट बढ्न पाउदैन ।

१०. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत पुग्छ। त्यसैले दुध पिउनु स्वास्थ्यका लागी फाइदाकारी छैन ।

यो पढ्नुस्।

दुधसँग यी ७ चीज नखानुस्, नत्र…