३ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघमा अनावश्यक राजनीति गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले आज काठमाडौंमा गरेको भेलामा अध्यक्ष ओलीले कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेको बताए ।

ओलीले विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँदो राख्ने ? भन्दै प्रश्न गरे ।
उनले काँग्रेस निकट पत्रकार सँगठनमा वास्तविक पत्रकारको खडेरी रहेको ब्यङ्ग्य गर्दै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधे, माओवादी पार्टीको पोलिट्ब्युरो नेतालाई पत्रकारको नेता बनाउनुपर्ने आवश्यकता किन आयो ? अध्यक्ष ओलीले स्वतन्त्र

प्रेसको परिभाषाभित्र कहिलेदेखि गैर पत्रकार देखिन थाले भनि प्रधानमन्त्री देउवालाई पनि प्रश्न गरे । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त प्रश्न सोध्नै आवश्यक नरहेको बताए । वक्तव्यको पुरै समय कांग्रेस र माओवादीको आलोचना र व्यड्ग्यमा खर्चेका अध्यक्ष ओलीले आवरणको नभई मर्यादित पत्रकारिताको पक्षमा पत्रकारका संघ संस्था हिंड्नुपर्ने बताए ।