प्रयास पराजुली/टिप्पणी
२७ पुस, काठमाडौं । भुकम्प गएको दुई वर्ष पुग्न लागिसेको छ । सरकारले अझैसम्म पहिलो किस्ता भुकम्प पीडितलाई पुर्याउन सकेको छैन् । भुकम्प पीडित अहिले पनि अस्थायी टहरोमा चिसो रात बिताइरहेका छन् ।

यता सरकार परिवर्तनपिच्छे राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख फेरवदल गर्ने होडबाजी चलेको छ । भुकम्प पीडितको पीडामा मलहम लगाउको सट्टा सरकार भने भुकम्प पीडतहरुमाथि ख्याल ठट्टा गरिरहेको छ ।

फाइल तस्वीर

फाइल तस्वीर

भुकम्प गएको लामो समयसम्म पुनर्निर्माण प्राधिकरण बन्न सकेन । प्राधिकरण बनेपछि प्रमुख पाउनको लागि लामो समय कुर्नु पर्यो । त्यसको प्रत्यक्ष पीडा भूकम्प पीडितले खेप्नु पर्यो । हरेक सरकारले आश्वासन दिएपनि अझैसम्म भुकम्पले थिलथिलो बनाएको घर भुकम्प पीडितले ठडाउन सकेका छैनन् ।

मन्त्रीपरिषद बैठक: पुनर्निर्माण प्राधिकरणको प्रमुखमा पोखरेल

सुशील कोइराला नेतृत्वको सकारले पुनर्निर्माण सम्बन्धी विधयेक संसदमा समयमा नै पेश नगर्दा प्राधिकरणका प्रमुखले औपचारिकता नपाइकन नै विदा हुनु परेको थियो । राजनीतिक दाउपेचमा सबैभन्दा बढी सास्ती भूकम्प पीडितले खप्दै आएका छन् । भोग्दै आएका छन् ।

किन चुके प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेललाई नियुक्त गरेका छन् । प्रधामनन्त्रीले सत्तासाझेदार दल काँग्रेसको दबाबमा परेर पोख्रेललाई नियुक्त गर्नुलाई निकै आश्चार्यको रुपमा लिइएको छ । पोखरेल कांग्रेस निकट हुन् ।

prachanda-prachanda

जसले सरकारको नेतृत्व गर्छ उसैले नै मुख्य पदहरुमा आफ्नो मान्छेलाई नियुक्त गर्ने परम्परा रहँदै आएका छन् । सुरुमा सुशील कोइराला नेतृत्वको सरकारले पोखरेललाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेपनि समयमा नै विधेयक संसदमा पेश हुन नसक्दा हटेका थिए ।  तर कांग्रेस र एमालेको राजनीतिक भागवण्डामा कुरा नमिल्दा पुनर्निर्माण सम्बन्धी विधयेक समयमा संसदमा पेश हुन सकेन र पोख्रेल बाहिरिएका थिए ।

लगत्तै केपी ओली नेतृत्वको सरकारले एक बर्ष अघि अर्थात पुस १० गते सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेका थिए । ज्ञवाली एमाले निकट भएको कारण ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

sushil-gyawali

अहिले कांग्रेस निकट डा. प्रोख्रेललाई नियुक्त गर्ने निर्णयसँग प्रचण्ड चुकेका छन् । प्रचण्डले कांग्रेसका दबाबमा परेर ज्ञवालीलाई हटाएर विपक्षीलाई झन चिढ्याउने काम गरेका छन् । प्राधिकरणको अध्यक्ष स्वयमं प्रधानमन्त्री प्रचण्ड नै छन् ।

प्रचण्ड र ओली मिल्दा बाबुराम आउट

फाइल तस्बिर

फाइल तस्बिर

प्राधिकरण गठनसँग त्यसको प्रमुख बन्नको लागि तत्कालिन माओवादीका नेता डा. बाबुराम भट्टराईले इच्छा देखाएका थिए । तर तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच साठगाँठ हुँदा बाबुराम भट्टराई आउट भएका थिए । प्राधिकरणलाई बलियो बनाउनको सट्टा हरेक सरकारले गिजोल्ने मात्र काम गरिरहेको छ । प्राधिकरणमा रहेको समस्या सल्टाउनको सट्टा सरकार परिवर्तन भएपिच्छे नै परिवर्तन गर्ने होडबाजी चलेको छ ।

देउवा मालामाल, प्रचण्डसँग ओलीको आक्रोश

सरकारको नेतृत्व प्रचण्डले गरेपनि आफ्नो पार्टीबाट आठ मन्त्री मात्र सरकारमा सहभागी छन् । सत्तारुढ दल कांग्रेसका पन्ध्र जना मन्त्री छन् । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा मालामाल भएका छन् । राजनीतिक रुपमा देउवाले सुरुदेखि नै हस्तक्षप गर्दै आएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

केपी ओलीले गरेको निर्णय उल्टयाउदा प्रचण्ड भने रित्तो भएका छन् । यसको फाइदा भने कांग्रेसलाई नै भएको छ । प्रचण्डले नेतृत्वको सरकारको आयो सहमति अनुसार अब धेरै समय छैन् । कांग्रेसले यसपछि अब सरकारको नेतृत्व सम्हाले पक्कापक्की नै छ । प्राधिकरणको सिइओ नियुक्त गर्न सफल भएपनि थप मालामाल हुनेछ । प्राधिकरणमा अर्बौंको बजेट छ ।

सोही कारण पनि दलहरुबीच हानाथाप हुने गरेको छ । एक बर्षको अवधिमा केही सुधारात्मक काम भएपनि पटके स्पष्टिकरण लिएर ज्ञवालीलाई हटाउने निर्णयसँगै एमाले अध्यक्ष ओली प्रचण्डसँग थप आक्रोशित भएका छन् । यसअघि सुशीले कोइराला नेतृत्वको सरकारले नै नियुक्त गरेका पोख्रेललाई नै पुनः सिइओ बनाउन काँग्रेस सफल भएको छ ।

Govinda pokhrel

प्रचण्ड देउवासँग हरेक स्टेपमा झुक्दै गएका छन् । सत्ता जोगाउनको लागि पनि प्रचण्डले देउवाकै लाइन अनुसार निर्णय गर्न थालेको भन्दै माओवादीभित्र पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना सुरु गरिएको छ । माओवादी आफैं सरकारमा हुँदा हटाइएका पोख्रेललाई आफ्नै नेतृत्वमा फेरि फर्काएको छ । डबल रोल गर्दा पनि माओवादीको पोल्टो भने रित्तै छ देउवा मालामाल भएका छन् ।