२८ साउन, काठमाडौं । भोली पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ । मौसम विज्ञान विभागले जनाए अनुसार सक्रिय भएको मनसुनी प्रभावका कारण पानी पर्न रोकिने छैन ।

मुख्यगरि मध्य र पुर्वका अधिकाँस स्थानमा अहिले पनि भारी बर्षा भईरहेको महाशाखाले जनाएको छ । सबैक्षेत्रको तुलनामा मोरङ र झापा मा अत्याधिक बर्षा भएको महाशाखाले जनाएको छ ।

दुवै जिल्लामा मौसम बिभागको स्टेशन नै डुबानमा परेकाले यकिन तथ्याकं प्राप्त भएको छैन् । मध्य र पूर्वका तुलनामा पश्चिमी भेगमा कम पानी परेको मौसमविद सुवास रिमालले जानकारी दिए ।

उनका अनुसार पुर्वमा भोलिदेखि भने कम पानी पर्ने तर मध्य र पश्चिमी क्षेत्रमा भने भोलि मनसुन सकृय हुने अनुमान गरिएको छ । पर्सिदेखि देशैभरको मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ ।